Sunday, April 28, 2024

-->

उकालोमा २०२३ का चर्चित खबर

इजरायल–हमास, रुस–युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीका कथा, ‘टर्निङ पोइन्ट’ बनेको टेपकाण्ड, ८ वर्षदेखि संविधानसँग चित्त दुखाइरहेको मधेशसहित उकालोमा सन् २०२३ मा सर्वाधिक पढिएका देश र विदेशका खबरहरू...।

उकालोमा २०२३ का चर्चित खबर

पृथ्वीको चालसँग चल्ने ग्रेगोरिअन क्यालेन्डरको दुई हजार तेइसौँ वर्ष सूर्यको ३६५.२५ फन्को पूरा गरेर दुई हजार चौबिसौँ वर्ष प्रवेश गर्ने संघारमा छ। समयका साथ मानव सभ्यता चलिन्जेल विश्वभर विभिन्न घटना घट्ने क्रम चलिरहन्छ र त्यसै अनुरूप समाचारको प्रवाह भइरहन्छ। सन् २०२३ नेपालका लागि बाँकी विश्वझैँ 'इभेन्टफुल्' रह्यो।

भर्खरै मात्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्वमा बनेको सरकारले एक वर्ष पूरा गरेको छ। सीमित उपलब्धि गरेको सरकार बेलाबखत विभिन्न विवादमा पनि आइरह्यो। यही वर्ष विमानस्थलबाट तस्करी गरिन लागेको '१०० किलो' सुन बरामद भएको भनिए पनि तौल यकिन गर्दा झन्डै ६१ किलो रहेको पाइयो भने नक्कली शरणार्थी प्रकरणमा 'ठूला' नेता र कर्मचारीहरू जेल चलान पनि गरिए, यद्यपि तीमध्ये केही अहिले धरौटीमा छुटेका छन्। भदौ महिनामा ललिता निवास प्रकरण सम्बन्धित केही निर्णयहरू आए। यसका साथै, विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको 'राजतन्त्र फर्काउने आन्दोलन'बारेका खबरले पनि सञ्चारमाध्यममा राम्रो स्थान पाए।      

यसैगरी, कत्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुममा लगभग १५० भन्दा बढीको मृत्‍यु भयो भने उक्त विपत्तिमा करोडौँ बराबर धनमालको क्षति भएको थियो।

रुकुम जिल्ला अदालतले रूकुम पश्चिमको जातिय नरसंहार मुद्दामा सुनाएको फैसला यो सालको 'ल्यान्डमार्क' उपलब्धी थियो। चौरजहारी नगरपालिका–८ को सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याको घटनामा संलग्न २४ जनालाई दोषी ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो। घटनाको तीन वर्षपछि मंगलबार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले यो ऐतिहासिक फैसला सुनाएको हो।

यसअघि धरौटीमा छुटेका आठ जनालाई अदालतले सफाइ दिएको छ। त्यस्तै, अदालतले नवराजकी प्रेमिका र उनकी आमालाई २/२ वर्षको कैद र ५० हजार जरिबानाको फैसला सुनाएको छ। उनीहरूलाई जातीय छुवाछुत कसुरमा सजाय सुनाएको हो।

यसैगरी, २०२३ अन्त्य हुनै लाग्दा काठमाडौँ जिल्ला अदालतले नाबालिका बलात्कार मुद्दाका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। हालसम्म उनको सजाय निर्धारण भने भएको छैन। त्यसका लागि न्यायाधीश ढकालको इजलासमै पुस २५ गते फेरि सुनुवाइ हुने भएको छ। 

यही वर्ष रुस–युक्रेनी युद्ध दोस्रो सालमा प्रवेश गर्‍यो भने रुसको निजी सैनिक समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले नेतृत्व गरेको सशस्त्र विद्रोह शुरू भएको ४८ घण्टाभित्रै 'फिर्ता' भएको थियो। रुस छाडेर छिमेकी देश बेलारुसतर्फ लागेका प्रिगोजिनको यस विद्रोहको केही समयपछि विमान दुर्घटनामा मृत्यु भयो, जुन आफैँमा एउटा शंकास्पद घटना थियो। यसैगरी, प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि गरेको हमलापछि अहिले उक्त क्षेत्र पुन: द्वन्द्वग्रस्त छ। गाजा पट्टीबाट भएको उक्त हमलामा १२०० भन्दा बढीको ज्यान गएको थियो भने २४० जना बन्धक बनाइएका थिए। त्यसपछि इजरायलको जवाफी आक्रमणमा अहिलेसम्म दसौँ हजारको मृत्‍यु भएको छ जसमा अधिकांश बालबालिका छन् भने गाजा पट्टीका लगभग ९० प्रतिशत वासिन्दा विस्थापित भएका छन्। 

त्यसैगरी, फेब्रुअरीको शुरूआतमा टर्की-सिरियामा आएको भूकम्पमा ११ हजारभन्दा बढीको ज्यान गएको थियो। साथै, नाइजेरियाको मध्य भागमा अवस्थित धेरै जातीय र धार्मिक समुदाय रहेकोमध्ये एक राज्य पठारमा हालैका वर्षमा अन्तर साम्प्रदायिक द्वन्द्वले सयौँको ज्यान लिइसकेको छ।    

नेपाल र विश्वमा चर्चा गरिएका यी केही विषयपछि लागौँ उकालोमा सन् २०२३ मा सर्वाधिक पढिएका केही सामग्रीतिर।   

उकालो एक्स्क्लुसिभ

बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ 

पहुँचवाला व्यापारीले जग्गामा ‘आँखा लगाएपछि’ तहसनहस बनेको जुद्धोदय स्कुल 

चौधरी ग्रुपले हडपेको जग्गा फिर्ता ल्याउन ३६ वर्षदेखि लडिरहेका सतुंगलबासी 

विशेष 

मृतक मालपोत अधिकृतको हस्ताक्षर कीर्ते गरेर हिमालको आधार शिविर नै हडपियो 

देउवापुत्र जयवीरलाई बतास ग्रुपले किन नामसारी गरिदियो कास्कीको जग्गा? 

समिट अपार्टमेन्ट प्रकरणका दुई महिनाः छानबिन भयो, प्रतिवेदन नै लुकाइयो 

राजनीति 

दाहालका दिन र दशा : माओवादी नेताहरू नै भन्छन्– ‘यो अवसर होइन संकट हो’ 

१०० किलो सुन प्रकरणले किन ‘हायलकायल’ देखिँदैछ एमाले?

रास्वपाले खोजेको ‘फराकिलो ठाउँ’ 

देश 

लाहुरेको लगानीः ५१ वर्षदेखि पोखरेलीको सवारीमा इन्धन भरिरहेको ‘हिमालय पम्प’ 

देशभर २ हजार नक्कली इन्जिनियर भएको दाबी, परिषद‍्माथि उठ्यो प्रश्न 

८ वर्षदेखि संविधानसँग चित्त दुखाइरहेको मधेश 

वातावरण 

रातारात डोजर लगाएर पुरिँदैछ फेवातालको सिमसार 

किन बढ्दैछ मानिसमाथि बाघको आक्रमण? 

हरित जलवायु कोषः आफ्नै कारण नेपालले गुमाइरहेको छ अनुदान 

समाज  

जब ११ वर्षीया आशाले कोदो काट्न हेडसरसँग ४ दिन बिदा मागिन्... 

दुर्गमका कुना कन्दरामा रेडियो बजाउने 'रेडियो नेपाल दाइ' 

‘प्राइड मन्थ’ उत्सवः फेरिँदैछ समाज, खुल्दैछन् लैंगिक अल्पसंख्यक 

महिनावारी ‘बार्न’ लगाएर किन हुन्छ महिलामाथि विभेद? 

कमेन्ट्री

तनहुँ उपनिर्वाचनले दिएका सात राजनीतिक सन्देश 

‘टर्निङ पोइन्ट’ बनेको त्यो टेपकाण्ड 

व्यवसायीको चंगुलमा विधायिका, सिंहदरबारदेखि संसद्सम्मै स्वार्थको द्वन्द्व 

सुमनाजी, डेलिभरी 'डल्लै' बाँकी छ 

फिफा महिला विश्वकपबाट उजागर विभेदको तस्वीर 

व्यक्तिको गोपनीयता : कसरी चुक्दैछौँ हामी? 

जति ठानिन्छ त्यति खराब होइन अवसरवाद 

अर्थ

कालो धनको चेपुवामा अर्थतन्त्र: कहाँ छ देशको अदृश्य पुँजी? 

नाजुक अर्थतन्त्र, निरीह बनाइँदै अर्थमन्त्री 

उकालो संवाद 

नेपाली न्युजरुममा 'भिजन' नै छैन

‘एउटा पार्टी अति प्रभावशाली हुँदा लोकतन्त्रमा संकट देखापर्छ’

खेल 

‘फिक्सिङ’ले बर्बाद फुटबलर : गुजाराका लागि गाडी बेचे, घर बन्धकी 

क्रिकेटर बन्ने सपना त्यागेर भलिबल खेलाडी बनेका कप्तान मानबहादुर 

कला, सम्पदा, संस्कृति

किन अधिक चोरिन्छन् उमामहेश्वरका मूर्ति? 

के हो सम्पदा संरक्षणकर्मीले खतरा देखेको रुबिन संग्रहालय, किन बन्यो विवादित? 

बज्दैनन् पशुपतिका घन्टी, रालो हराएको वर्षौंसम्म भएन मर्मत (भिडियो कथा) 

युद्ध सन्देश पुर्‍याउने दृष्टिविहीन किशोरी 

साहित्य 

के छ मोहनविक्रम सिंहको ‘भीमकाय’ उपन्यासमा? 

शब्दकोशमा भाँडभैलो : सच्चिएनन् जाति विशेषले अपमान ठानेका शब्द 

व्यंग्य 

टोपबहादुर, टापबहादुर र ओलीको ‘डिस’ 

आर्काइभ 

काठमाडौँबाट दिल्ली उडेको विमान कान्दहार पुग्दा 

१०० वर्षअघि नेपाल र बेलायतबीच त्यो सन्धि नभएको भए...

जीवनशैली 

काठमाडौँको 'हटारु' कर्णालीमा 

जीवनले कल्पनै नगरेको मोड लिएपछि काष्ठकलामा चम्केकी कल्पना 

चीनका विश्वविद्यालयमा नेपाली पढिरहेका चिनियाँको नेपाल साइनो 

डिजिटल सामानको अधिक प्रयोगले बालबालिकामा बढ्दैछ मायोपिया, जोगाउने कसरी? 

रन्जना गल्लीमा तीन तलामाथि दयानाथको चिया पसल

नजिकिँदैछ ओलाङचुङगाेला

डायसपोरा 

कामको खोजीमा विदेशतिर बगिरहेको ‘युवा भेल’ 

साउदी अरबमा नेपाली श्रमिकको ‘दुर्दशा’: नयाँ नीतिले ल्याएको संकट


सम्बन्धित सामग्री