Monday, May 13, 2024

-->

बझाङ उपनिर्वाचन: ४०० मत गन्दा एमालेका भण्डारीलाई अग्रता

बझाङमा जारी मतगणनामा एमालेका दमनबहादुर भण्डारीले शुरूआती अग्रता लिएका छन्।

बझाङ उपनिर्वाचन ४०० मत गन्दा एमालेका भण्डारीलाई अग्रता
तस्वीर : रासस

बझाङ– बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी छ।

छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको ४०० मत गणना गन्दा नेकपा एमालेका दमनबहादुर भण्डारीले शुरूआती अग्रता लिएका छन्। उनले १५७ मत प्राप्त गरेका हुन्।

एमालेका उम्मेदवार भण्डारीलाई नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले पछ्याइरहेका छन्। उनले १३२ मत प्राप्त गरेका छन्।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ४७ मत प्राप्त गरेका छन्।

प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। शनिबार भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो।


सम्बन्धित सामग्री