Saturday, April 27, 2024

-->

माधवले विश्वास

माधवले विश्वास गरेर मोबाइलमा आएको नम्बर पठाइदिए। वास्तवमा, उनलाई मेसेज पठाउने गाउँका भाइ थिएनन्। ती भाइको फेसबुक ह्याक गरेर मेसेज पठाइएको थियो। माधवले पठाइदिएको नम्बर पनि उनकै फेसबुकको ओटीपी (वान टाइम पासवर्ड) थियो। ओटीपी पठाउनासाथ माधवको फेसबुक पनि ह्याक भयो। उनले आफ्नो फेसबुकको नियन्त्रण गुमाए। माधवको फेसबुक ह्याक भएको उनले तुरुन्तै थाहा पाए। फेसबुक ह्याक हुने उनी एक्लो होइनन्। ह्याकरले फेसबुक ह्याक गरेर प्रयोगकर्ता नै बनेर आफन्त र साथीभाइसँग मेसेजमार्फत पैसा माग्ने गरेका छन्। माधवको मेसेन्जरमार्फत पनि ह्याकरले केही साथीहरूसँग पैसा मागेर ठगिसकेछन्। यसरी ठगी गरेका धेरै उदाहरण छन्। परिचितकै मेसेन्जरबाट आएको खाता नम्बरमा विश्वास गरेर पैसा पठाउँदा गुल्मीका निशान अधिकारी ३० हजार रुपैयाँ ठगिए। उनलाई गुल्मी घर भइ काठमाडौँमा व्यवसाय गरिरहेका श्रीप्रसाद पाण्डेको मेसेन्जरबाट आफूलाई समस्या परेको भन्दै पैसा पठाइदिन भनिएको थियो।