अदालतले सजाय भने तोकिसकेको छैन। कैद, जरिबाना र क्षतिपूर्ति निर्धारण सोही इजलासमा हुने अर्को सुनुवाइबाट हुनेछ।
काठमाडौँ– काठमाडाैँ जिल्ला अदालतले बलात्कार मुद्दाका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ गर्दै न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार दोषी ठहर गरेको हो।
सजाय निर्धाण भने भएको छैन। त्यसका लागि न्यायाधीश ढकालको इजलासमै यही पुस २५ गते फेरि छुट्टै सुनुवाइ हुने भएको छ। न्यायाधीश ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ शुरू गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा पर्दै आएको थियो।
यसअघि नाबालिका बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
