रुकुम जिल्ला अदालतले चौरजहारी नगरपालिका–८ को सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संलग्न २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
काठमाडौँ– रुकुम जिल्ला अदालतले रूकुमपश्चिमको चौरजहारी नगरपालिका–८ को सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याको घटनामा संलग्न २४ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ। घटनाको तीन वर्षपछि मंगलबार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले यस्तो फैसला सुनाएको हो।
यसअघि धरौटीमा छुटेका आठ जनालाई अदालतले सफाइ दिएको छ। त्यस्तै, अदालतले नवराजकी प्रेमिका र उनकी आमालाई २/२ वर्षको कैद र ५० हजार जरिबानाको फैसला सुनाएको छ। उनीहरूलाई जातीय छुवाछुत कसुरमा सजाय सुनाएको हो।
अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले भने, “पुर्पक्षका लागि थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला भएको छ भने आठ जनाले सफाइ पाएका छन्। नवराजकी प्रेमिका र उनकी आमालाई दुई/दुई वर्षको जेल र ५० हजार जरिबाना भएको छ।” नवराजकी प्रेमिकाका भाइलाई पनि जन्मकैदको सजाय सुनाइएको, तर उनी बालिग नभएकाले सुधारगृहमा पठाउने फैसला भएको छ।
२०७७ जेठ १० गते जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीहरूसहित रुकुमपश्चिमको चौरजहारी–८ मा मल्ल थरकी प्रेमिकालाई लिन गएका थिए। दलित युवकले ठकुरीको छोरीलाई भगाउन लागेको भन्दै सोती गाउँका स्थानीयले आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो। १२ जना घाइते भएका थिए। मृतकको शव भेरी नदीमा भेटिएको थियो।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धान गरी प्रहरीले बुझाएको प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय माग दाबी गरिएको थियो।
जिल्ला अदालतले थुनछेक बहसपछि २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउँदै ११ जनालाई तारेखमा छाड्ने आदेश दिएको थियो।
रुकुमको सोती घटनामा नवराजसहित लोकेन्द्र सुनार, टीकाराम सुनार, सञ्जु विक, गणेश बुढा र गोविन्द शाहीको मृत्यु भएको थियो। शाहीको शव घटनाको १० दिनपछि भेरी नगरपालिका–१२ स्थित खोदा खोलानजिकै भेरी नदी किनारमा भेटिएको थियो।
घटनाका सम्बन्धमा छानबिन गर्न गठित नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल संयोजकत्वको संसदीय समितिले घटना नियोजित रूपमा भएको निष्कर्ष निकालेको थियो।
मुद्दामा बहस गर्न रूकुम पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, “आज न्यायले जितेको दिन होl”
हत्या तथा जातीय छुवाछुत घटनामा डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेम बहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सबिन पुनलाई जन्मकैदको सजाय सुनाइएको हो।
त्यस्तै, परिवर्तित नाम ५४ रुकुमपश्चिम (३६)१, परिवर्तित नाम ५४ रुकुमपश्चिम (३६) ३, तिलक चन्द, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज रानालाई पनि जन्मकैदको सजाय भएको छ। त्यसैगरी, नवीनकुमार घर्ती मगर (जीएम), बिराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ललाई पनि जन्मकैदको सजाय भएको छ।
सफाइ पाउनेहरूमा तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द रहेका छन्।
*यसअघि अन्यथा भएकाले सच्याइएको छ।
यो पनि –
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
