पठार नाइजेरियाको मध्य भागमा अवस्थित, धेरै जातीय र धार्मिक समुदाय रहेकोमध्ये एक राज्य हो। जहाँ हालैका वर्षमा अन्तर साम्प्रदायिक द्वन्द्वले सयौँको ज्यान लिइसकेको छ।
अफ्रिकी देश नाइजेरियामा हिंसात्मक आक्रमण हुँदा ११३ जनाको मृत्यु भएको छ।
देशको मध्य भाग पठारमा शनिबार र आइतबार भएका हिंसात्मक आक्रमणमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
मेयता पहिलो पटक यस्तो चरम हिंसा देखिएको छ। पठार राज्यका एक वरिष्ठ अधिकारीले शनिबार र आइतबार भएका आक्रमणमा ११३ जनाको मृत्यु भएको बताए।
योजनाबद्ध ढंगले आक्रमण गरिएको उनले बताए। कम्तीमा विभिन्न २० समुदायलाई लुटेराहरूले आक्रमण गरेको समाचार संस्था एएपपीले लेखेको छ।
११३ शव निकालिएको छ भने ३०० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको छ। पठार राज्यमा धेरै जातीय र धार्मिक समुदायका मानिस बस्छन्।
पठार नाइजेरियाको मध्य बेल्ट भनेर चिनिने धेरै जातीय र धार्मिक समुदाय रहेकोमध्ये एक राज्य हो। जहाँ हालैका वर्षमा अन्तर साम्प्रदायिक द्वन्द्वले सयौँको ज्यान लिइसकेको छ।
यसलाई प्रायः मुस्लिम गोठाला र ईसाई किसानबीचको जातीय–धार्मिक द्वन्द्वको रूपमा वर्णन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
