Tuesday, April 30, 2024

-->

उकालो साप्ताहिक ब्रिफिङ: रूकुममा तीन वर्षपछि फिरेको न्याय र मिडिया–संकट सन्दर्भ

यो हप्ताको न्युजलेटरमा रूकुम अदालतको ऐतिहासिक फैसला, रेस्ट अफ वर्ल्डका प्रधानसम्पादक अनुप काफ्लेसँग मिडिया–संवाद र ज्यान जोखिममा राखी विदेशी सेनामा भर्ती हुने युवाका कथा प्रमुखतासाथ चर्चा गरिएको छ।

उकालो साप्ताहिक ब्रिफिङ रूकुममा तीन वर्षपछि फिरेको न्याय र मिडिया–संकट सन्दर्भ

न्युजलेटर शुरू गरौँ रूकुम जातीय नसंहारको मुद्दामा भएको ऐतिहासिक निर्णयबाट। रूकुम जिल्ला अदालतले रूकुमपश्चिमको चौरजहारी नगरपालिका–८ को सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याको घटनामा संलग्न २४ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ। घटनाको तीन वर्षपछि मंगलबार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले यस्तो फैसला सुनाएको हो। एउटै मुद्दामा २४ जनालाई जन्मकैदको फैसला सुनाइएको यो पहिलो ऐतिहासिक निर्णय हो।

'जात नमिलेपछि' बिहे त गर्न दिएनन् नै प्रेम गरेको बदलामा ज्यानै लिने गरी रचिएको हत्याकाण्डमा ज्यान गुमाएका नवराजसहित ६ युवाका शोकाकुल आमाहरूले साढे तीन वर्षपछि न्याय पाएको अनूभूति गरेका छन्। पढ्नुहोस् ति आमाहरूको धैर्यको कथा : ‘छोरा मरे पनि न्याय मरेको रहेनछ’। 

माओवादी द्वन्द्वले जगाइदिएको सामाजिक चेतनाले गाउँ–गाउँमा अन्तरजातीय विवाह गर्न कस्सिएकालाई राहत दिएको थियो। जातीय हिंसाको पराकाष्ठा देखाउने रूकुमको सोती हत्याकाण्ड दबाउन माओवादी नेताहरू नै सक्रिय बनेका थिए। यसबारे थप: रूकुम हत्याकाण्डका तीन वर्षः दोषी बचाउन को–को थिए सक्रिय?

यसैगरी, केही समयअगाडि उकालोले रेस्ट अफ वर्ल्डका प्रधानसम्पादक अनुप काफ्लेसँग संकटग्रस्त नेपाली मिडियालगायत मिडिया उद्योगका विविध आयामबारे संवाद गरेको थियो। उक्त कुराकानीका दौरान काफ्लेले सञ्चारक्षेत्रले पछिल्लो समय भोगिरहेको समस्या, तिनका सम्भावित समाधान, व्यवस्थापकीय पाटो, सम्पादकीय भूमिका, न्युजरुमको भिजन, प्रकाशकीय रणनीति, आदिका सन्दर्भमा विस्तृत छलफल गरेका थिए।

काठमान्डू पोस्टका प्रधानसम्पादक रहिसकेका काफ्लेसँग गरिएको जुम-अन्तर्वार्ताको सम्पादित अंश : नेपाली न्युजरुममा 'भिजन' नै छैन

यो हप्ता ज्यान जोखिममा राख्दै रुसी सेनामा भर्ती हुन गएका नेपाली युवाको स्टोरीले पनि उत्तिकै चर्चा पायो। गत सोमबार सरकारले रुसी सेनामा सहभागी भएका ६ नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो। परराष्ट्र मन्त्रालयले रुसी सरकारलाई दिवंगत युवाको शव यथाशीघ्र नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको पनि जनाएको थियो भने रुस सरकारलाई नेपाली नागरिक आफ्नो सेनामा भर्ना नगर्न र भर्ना भएकोलाई नेपाल फर्काउन पनि आग्रह गरेको थियो।

रुसी सेनामा छिरेका नेपालीहरू नौ महिना तालिममै बित्ने र त्यसपछि सीमा सुरक्षाको 'ड्युटी' गर्दै एक वर्षमा ‘पीआर’ पाइने प्रलोभनमा पर्दै छन्। तर पर्याप्त तालिमबिनै युद्धमा खटाइँदा उनीहरूको ज्यान जोखिममा छ।

प्रहरीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा रुसी सेनामा नेपाली युवा पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको थियो।

नेपाली नागरिकलाई रुसी सेनामा पठाउन सक्रिय गिरोहको ‘टार्गेट’मा अधिकांश पूर्वसुरक्षाकर्मी हुने गरेको पाइएको छ। उक्त गिरोहले ७ लाखसम्म लिएर नेपालीलाई रूस पठाइरहेका थिए। उपत्यकामै कार्यरत दुई जना प्रहरी जवानले रुसी सेनामा जानका लागि प्रक्रिया अघि बढाउन ३०/३० हजार रुपैयाँ बुझाएको पनि खुल्न आएको प्रहरीले जनाएको छ।

अब लागौँ उकालोमा पछिल्लो हप्ता प्रकाशित केही प्रमुख सामग्रीतिर:

एनसेल प्रकरण

मुद्दाको अन्तिम सुनुवाइ हुने बेला एनसेल किनबेच : नेपालका शीर्ष भनिने नेतामध्ये सिंगापुरमा सतिशलालको पाहुना नभएका बिरलै होलान्। उनै सतिशलाललाई एनसेलमा ८० प्रतिशत स्वामित्व राख्ने मलेसियाको आजिआटाले आफ्नो सबै शेयर बेचेपछि फेरि ‘टक अफ द टाउन’ भएका छन्।

एनसेल शेयर खरिद–बिक्री सम्बन्धमा ३ सरकारी निकायलाई लेखा समितिका ९ प्रश्न
एनसेल बिक्री प्रकरणको गहन विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ : अर्थमन्त्री
आजिआटाले नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार गर्‍यो: स्वर्णिम वाग्ले
एनसेल प्रकरणमा खरिद प्रक्रिया स्थगनसहित लेखा समितिको चारबुँदे निर्देशन
लेखा समितिले प्रधानमन्त्रीलाई बोलाएर एनसेलको शेयर खरिद–बिक्रीबारे धारणा लिने

फेरि अर्को 'सुनकाण्ड'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ
यूएईबाट आएको १४ किलो सुनबारे छानबिनका लागि ६ सदस्यीय समिति गठन
नागढुंगाबाट २ किलो सुन बरामद, ३ जना पक्राउ

विविध

कसले किन भनिरहेछन् ‘मिसन ०८४’?
संघ र प्रदेशबीच टकराब बढाइरहेको प्रहरी समायोजन, कहाँ छ चुरो?
अभियुक्तलाई फूलमाला-सम्मानले ‘नायक’ बनाउने राजनीति
आर्थिक निराशाको आम मनोविज्ञानमा कसले गर्दै छ अराजकताको खेती?
डेढ दशकदेखि ‘गफ’मै सीमित नेप्से पुनर्संरचनाको अध्ययन प्रतिवेदनमा के छ?
प्रधानमन्त्रीले भनेजस्तै जलवायु परिवर्तनबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति पाउने वातावरण बनेको हो?
जलवायु अनुकूलनमा पानीका मुद्दाले प्राथमिकता नपाउँदा ‘काकाकुल’ बन्ने बाटोमा काठमाडौँ
तराईमा बिहानैदेखि हुस्सु, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या, गंगालाल हृदय केन्द्रमा उपचार हुँदै
अवकाशपछि फर्किएका ‘लाहुरे’को गन्तव्य फेरि विदेश, भन्छन्– जानेको काम गर्न पाइएन
डब्ल्यूएचओले भन्यो– गाजा मानवताको सबैभन्दा अन्धकार समयमा छ
कोरिया सरकारले सम्मान गरेका त्रिलोकको कथा, ‘अब पर्यटक भएर विदेश जाने’
त्रिविको क्याम्पस: शिक्षकले प्रयोगात्मक परीक्षामा दिएको नम्बर कसले घटायो?

खेल

यू१६ लिग अनिश्चित: खेलाडीलाई ‘करिअर’को चिन्ता, क्लबलाई लगानी डुब्ने डर
यू१९ एशिया कप: नेपालको समूहमा तीन टेस्ट राष्ट्र, इतिहास दोहोर्‍याउने लक्ष्य

विशेष

बाटो बिर्सेको यात्रीझैँ बनेको अख्तियार : मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नचाहिँदो रुचि र राजनीतिक दबाबका बीच बाटो बिर्सेको यात्रीझैँ बनेको छ।

विचार

प्राविधिक सरकार, आचरणविहीन राजनीति : चुनावको एक वर्ष नहुँदै दलहरू ‘मिसन ८४’को राग अलापेर बसेका छन्। लोकतन्त्र भनेकै चुनावपछि अर्को चुनाव र सरकारपछि अर्को सरकार गठन भनेर बुझ्नु र बुझाउनु दलहरूको कमजोर चेत र प्रतिबद्धता हो।

किन बुझ्ने नोम चोम्स्कीका कुरा? : अमेरिका आफूलाई संसारमा प्रजातन्त्रको ठेकेदारझैँ सम्झन्छ, तर अमेरिकाकै एडवर्ड स्नोडेन किन भागेर रसियामा बस्नुपरेको छ? जुलियन असान्ज बेलायतमा किन थुनिएर बस्नुपरेको छ? 

कला, जीवनशैली

'मानिस हराएको सूचना' (तस्वीर कथा) : थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकमा दुई समलिंगी पुरुषको प्रेमसम्बन्ध देखाइएको छ। यो नाटक 'एभरेस्ट फिल्म एकेडेमी'का विद्यार्थीहरूले तयार पारेका हुन्।

जब ११ वर्षीया आशाले कोदो काट्न हेडसरसँग ४ दिन बिदा मागिन्…  : आशालाई बारीमा पाकिसकेको कोदो बाँदरले सिध्याउला भन्ने पिर रहेछ। त्यही कोदो आफू एक्लैले काटेर थन्क्याउनका लागि उनलाई कक्षाबाट चार दिन लामो छुट्टी चाहिएको थियो।

क्यानभासमा कोरिए जातीय तथा यौनिक उत्पीडन : दलित समुदायले भोग्नु परेका विभेद बग्रेल्ती छन्, दलित समुदायकै यौनिक तथा लैंगिक अल्पसंख्यकले भोगेको दोहोरो विभेद अझ कति भयानक होलान्! ललितकला प्रतिष्ठानको चित्रकला प्रदर्शनीमा यिनै विभेद देख्न पाइन्छ।

युद्ध सन्देश पुर्‍याउने दृष्टिविहीन किशोरी : दृष्टिविहीन पात्रको भूमिकामा देखिएका दुवै कलाकार नेल सटन र अरिया मिया लोबर्टी वास्तवमै दृष्टिविहीन तथा कम दृष्टिका कलाकार हुन्। दृष्टिविहीन पात्रलाई प्रमुख भूमिकामा देखाउने यो पहिलो ठूलो प्रोजेक्ट हो।


सम्बन्धित सामग्री