Tuesday, May 21, 2024

-->

स्लोभाकिया र अमेरिका पठाइदिने भन्दै ८० लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

वैदेशिक रोजगारका लागि स्लोभाकिया र अमेरिका पठाइदिन्छु भनी ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

स्लोभाकिया र अमेरिका पठाइदिने भन्दै ८० लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भनेर ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका-११ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मंगला गाउँपालिका-२ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

“सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भन्दै दुई लाख तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनेर ७८ लाख रुपैयाँ रकम लिएका उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,” उनले भने।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको पनि प्रवक्ता रेग्मीले जानकारी दिए।


सम्बन्धित सामग्री