बिहीबार राति फ्लाई दुबईको फ्लाइटबाट काठमाडौँ उत्रेका घलेलाई दुई–दुई किलोको सात वटा बिस्कुटसहित पक्राउ गरिएको विमानस्थलका डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन्।
बिहीबार राति फ्लाई दुबईको फ्लाइटबाट काठमाडौँ उत्रिएका घलेलाई दुई–दुई किलोको सात वटा बिस्कुटसहित पक्राउ गरिएको विमानस्थलका डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।
उनी राति ११:५६ मा उडान नम्बर एफजेड ५७३ बाट विमानस्थलमा उत्रिएका थिए। घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए।
यस्तै, घलेको बयानका आधारमा राति नै गोरखाका मिन घलेलाई पनि धुमबाराहीबाट पक्राउ गरिएको उनले बताए।
“सुन ल्याउँदै छ भन्ने सूचना भन्सारमा प्राप्त भयो। त्यसपछि हामी र भन्सारका प्रमुखसहितको टोली गएर पक्राउ गरेका हौँ,” उनले उकालोसँग भने, “प्रारभ्मिक अनुसन्धानमा हेर्दा यो भरियाका रूपमा सुन ल्याउन नै गएको जस्तो देखिन्छ। यसले मीन घले भन्ने मान्छेको सुन हो भन्छ। त्यसपछि राति नै धुमबाराहीबाट मीन घलेलाई पनि पक्राउ गरिसकेका छौँ।”
उनीहरूलाई गोशाला र कोटेश्वर प्रहरीमा राखिएको छ। यसमा थप अनुसन्धान भन्सार विभागले गरिरहेको डीआईजी ठकुरीले बताए। “यो सबै कुरा भन्सारले हेर्छ। संगठित अपराधमा गयो भने चाहिँ सीआईबीलाई दिनुपर्ने हुन्छ। राजश्व अनुसन्धानका कुराहरू चाहिँ राजश्व अनुसन्धान विभागले नै हेर्छ,” उनले भने।
यसअघि, गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय बाहिरबाट राजश्व अनुसन्धान विभागले करिब ६१ किलो सुन बरामद गरेको थियो। उक्त सुन तस्करले हङकङबाट नेपाल ल्याएका थिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार मात्र न्युरोडको सुन पसलमा छापा मारेर करिब आठ किलो सुन बरामद गरेको थियो। यी तस्करी प्रकरणबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको छ।
विमानस्थलबाट विभिन्न मितिमा तस्करी भएका सुन प्रकरणको अनुसन्धानले व्यापारीचाहिँ भारतीय तथा भरियाचाहिँ नेपाली हुने गरेको देखिएको डीआईजी ठकुरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
