बिहीबार राति रसुवाबाट काठमाडौँतर्फ आइरहेका तीन जनाको साथबाट दुई किलो सुन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
काठमाडौँ– काठमाडौँको नागढुंगाबाट प्रहरीले बिहीबार राति दुई किलो सुन बरामद गरेको छ।
रसुवाबाट काठमाडौँतर्फ आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको गाडीबाट उक्त सुन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोही स्थानका विरु तामाङ र सुनिल भुजेल छन्। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान भइरहेको राठौरले बताए।
एसपी खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको हो। उक्त सुन रसुवागढी नाकाबाट नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
बिहीबार राति नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका थिए। यस्तै, दुई दिनअघि न्युरोडबाट सात किलो ८०० ग्राम सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
