Saturday, April 27, 2024

-->

उकालो साप्ताहिक ब्रिफिङ : अरुण–शिला चौधरीको ‘बंगला बनाउन’ वडाको साथ, गरिखान दिन ई:को माग

यो हप्ता रुसी सेनाको रक्षा कवच बन्दै नेपाली, मिटरब्याजसम्बन्धी कानून र जाँचबुझ आयोगले सुल्झाउन नसकेको जटिलता नियाल्ने एउटा ‘केस’, भुत्ते बन्दै ‘मिनी संसद्’लगायतका खबरले ‘हेडलाइन’ बनाएका छन्।

उकालो साप्ताहिक ब्रिफिङ  अरुण–शिला चौधरीको ‘बंगला बनाउन’ वडाको साथ गरिखान दिन ईको माग

संयुक्त राष्ट्रसंघको २८औँ वार्षिक जलवायु बैठक कोप–२८ यो हप्ता सम्पन्न भएको छ। राष्ट्रसंघ सदस्य राष्ट्रका सरकारहरूले भविष्यमा जलवायु परिवर्तनलाई रोक्ने र जुध्ने तयारी गर्ने विषयमा छलफल भएको उक्त बैठकमा नेपाल पनि सहभागी थियो। मंसिर १४ गते यूएईको दुबईमा शुरू भएको सम्मेलनको समापन मंसिर २६ गते भएको थियो।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन दोस्रो हप्तामा प्रवेश गरेसँगै राजनीतिक वार्ताको चरण शुरू भएको थियो। कुनै पनि प्रकारको विरोध प्रदर्शन निषेध यूएईमा बितेको शनिबार अनौठो दृश्य देखिएको थियो। त्यहाँ जलवायु न्याय अभियानकर्मीले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन यूएई सरकारको कानून नलाग्ने कोप–२८ को ‘ब्लू जोन’मा भएको हो। उक्त प्रदर्शनमा जलवायु न्याय र गाजामा युद्धविरामको माग गरिएको थियो भने आयोजक राष्ट्र दुबईमाथि जलवायुको अजेन्डा ‘अपहरण’ गरेको अभियन्ताले आरोप लगाएका थिए।

जीवाश्म इन्धन विस्थापनमा ऐतिहासिक सहमति हुने अपेक्षा गरिए तापनि कोप–२८ मा हानि नोक्सानी कोष सञ्चालन र कोषमा रकम जम्मा गर्ने वाचाबाहेक अन्य महत्त्वपूर्ण उपलब्धि हुन सकेनन् 

जलवायु परिवर्तन सम्बन्धित थप खबर : 

बढ्दो सुक्खापनले खाद्य सुरक्षा, ऊर्जा उत्पादन र पिउने पानीमा ‘हिउँदे चुनौती’
किन बढ्दैछ मानिसमाथि बाघको आक्रमण? 

अर्कोतर्फ ललितपुर महानगरपालिकासँग 'कर लेऊ, गरिखान देऊ' माग राख्दै प्रदर्शन गरिरहेका अभियन्ता ई: माथि आक्रमण भएको छ। ईः र उनका साथीहरू मंगलबार दिउँसो पुल्चोकस्थित महानगरपालिकाको कार्यालयअगाडि सडक छेउछाउका व्यापारी हटाउने निर्णयविरुद्ध उभिन पुगेका थिए। उनीहरू ललितपुर महानगरले मंसिर २४ गतेदेखि मंगलबजारबाट लगनखेलसम्म सडक छेउछाउका व्यापारी हटाउन थालेपछि विरोधमा १०८ मिनेट उभिन पुगेका थिए। तर उनीहरू त्यहाँ नपुग्दै ईःलगायत अभियन्तामाथि एक समूह जाइलाग्यो। उनीहरूले प्रदर्शन नथाल्दै केही सटर व्यवसायी र स्थानीय ‘महानगरअगाडि विरोध गर्न नपाइने’ भन्दै झडपमा उत्रिए। उक्त समूहले ईः र उनका समर्थकले बोकेको प्लेकार्ड च्यातिदिए र महानगरले ‘फुटपाथमा व्यवसाय बन्द गराउने निर्णय गरेर ठीक गरेको’ र ‘शहर सफा बनाउनुपर्ने’ भन्न थाले।

ललितपुर महानगरअघि उभिन पुगेका ईःमाथिको आक्रमण प्रयासले देशको मानवअधिकारको अवस्था देखाउने नागरिक अभियन्ताहरू बताउँछन्। ईः भने ‘गरिखान दिनुपर्ने’ आफ्नो माग र अभियान नरोकिने बताउँछन्।

रुसी सेनाको रक्षा कवच बन्दै नेपाली, ‘कन्ट्र्याक्ट आर्मी’का नाममा भर्ती : रुसले नयाँ कानून बनाएर विदेशीलाई समेत ‘कन्ट्र्याक्ट आर्मी’मा भर्ती गरिरहेको छ। आकर्षक तलब र एक वर्षपछि त्यहीँको नागरिकता पाउने लोभमा नेपाल, भारत, बांग्लादेश, क्युबालगायत देशका नागरिक भर्ती भइरहेका छन।

उकालो विशेष

सँधियारलाई मिचेर अरुण–शिला चौधरीको ‘बंगला बनाउन’ वडा कार्यालयको मिलेमतो, महानगरको अनुमोदन : असुरक्षित महसुस गर्दै सँधियार अदालतसम्म पुगेका बेला काठमाडौँ महानगरपालिका–२ को वडा कार्यालयले प्रक्रिया मिचेर अरुण–शिला चौधरीका लागि लाजिम्पाटमा बन्न लागेको बंगलाको नक्सा पास अनुमति दिएको छ। 

अर्थ/बजार 

सुक्खा बन्दरगाहमा बेवारिसे २१८ कन्टेनर मुचुल्का उठाएर खोलिँदै, शुरूआती ५८ वटामा प्रतिबन्धित छोकडा भेटियो
मिटरब्याजसम्बन्धी कानून र जाँचबुझ आयोगले सुल्झाउन नसकेको जटिलता नियाल्ने एउटा ‘केस’
एनिमलः चर्को आलोचनासँगै उच्च आम्दानी 

संसद्/राजनीती

भुत्ते बन्दै ‘मिनी संसद्’: सांसद बैठकमै बस्दैनन्, प्रधानमन्त्री र मन्त्रीले टेर्दैनन्
प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा 

कला

उकालोकर्मी प्रकाश गुरागाईंको ‘जङ्क्सन पिपलबोट’, र  प्रगति राईको ‘थाङ्ग्रा’लाई पहिचान पुरस्कार
मानसिक स्वास्थ्यबारे गुम्सिएको मौनता तोड्ने नाटक ‘ब्युँझिएको सिरानी’
के छ मोहनविक्रम सिंहको ‘भीमकाय’ उपन्यासमा? 

समाज

जो काँधमा ‘कपडा पसल’ बोकेर २० वर्षदेखि गाउँ–गाउँ डुल्दैछन् बजारमै २५० रुपैयाँ पर्ने कपडा गाउँ पुर्‍याएपछि पनि कसरी १५० रुपैयाँमा आउँछ भनेर सोध्दा उनले भने– ‘धेरै नाफा खाएर के गर्नु, ३०–४० रुपैयाँ फाइदा राखेर दिन्छु।’

महिनावारी ‘बार्न’ लगाएर किन हुन्छ महिलामाथि विभेद? : प्रजनन उमेरमा हुने महिनावारी प्राकृतिक प्रक्रिया भए पनि धर्म र परम्पराका नाममा ‘बार्नु पर्ने’ चलनले महिलामाथि विभेद र छुवाछुत हुने गरेको छ।

एक्ला कुलबहादुरको घर नै अटो, त्यो पनि भएन आफ्नो : कुलबहादुरले ह्विलचेयर बास्केटबल खेले। पौडिने, नाच्ने, गाउने गरे। राम्रो प्रशिक्षण पाए अहिले पनि खेलमा जम्ने हिम्मत छ। तर खेलेर खान पुगेन। चार वर्षदेखि अटो कुदाउँछन्। एक्ला कुलबहादुरको घरै अटो।

किसानको दूध गाउँकै उद्योगलाई, उद्योगीको खुवा शहरतिर (भिडियो कथा)  : ललितपुरको महाकांल गाउँपालिकामा सडक पुगेपछि धमाधम खुवा उद्योग खुले। किसानलाई दूध नबिकेर घिउ बनाउनुपर्ने बाध्यता भएन। कोम्रोङ र आसपासका किसान अहिले टिनमा घिउ बोकेर चापागाउँ धाउँदैनन्।

जेब्रा क्रसिङबाट ८ लेन सडक पार गर्न १५ सेकेन्ड, बीचमा पुगेपछि फस्छन् पैदलयात्री (भिडियो कथा)  : मीनभवन आसपास सिभिल अस्पताल, नेपाल कमर्स क्याम्पसलगायत सरकारी र निजी संस्थाका कार्यालय छन्। यो प्रायः व्यस्त हुने सडक हो। तर सडक पार गर्ने समय पर्याप्त नहुँदा दुर्घटनाको जोखिम बढेको छ।

दलितको संख्या घटेको तथ्यांक आएपछि जनगणनाको प्रक्रिया र नतिजामाथि प्रश्न : कुल प्रजननदर अन्य जातिगत समुदायको भन्दा बढी हुँदाहुँदै पनि पछिल्लो राष्ट्रिय जनगणनामा दलित समुदायको जनसंख्या घटेको तथ्यांक सार्वजनिक भएपछि त्यसको कारण खोजेर त्रुटि सच्याउनु पर्ने आवाज उठेको छ।

काठमाडौँ महानगरमा रोक लगाइएको सुर्तीजन्य पदार्थः हिजो किन सफल भएन, अब कसरी हुन्छ? : काठमाडौँ महानगरभित्र हरहालतमा सुर्तीजन्य पदार्थमाथि रोक लगाइने महानगर प्रवक्ता नवीन मानन्धर बताउँछन्। तर केन्द्रदेखि स्थानीय सरकारसम्मले विगतमा गरेका यस्तै घोषणा कागजमा सीमित भए।

खेल 

एनएसएलमा खाली रंगशाला: नि:शुल्क टिकट र नगद पुरस्कारले पनि तानिएनन् दर्शक : एनएसएलका दर्शकमध्ये आयोजकले हरेक खेलमा 'फ्यान अफ द म्याच'लाई ५ हजार पुरस्कार दिन्छ। फ्रेन्चाइजीहरूले पनि नि:शुल्क टिकट बाँड्नेदेखि अनेक 'अफर' दिइरहेका छन्। तर रंगशालामा दर्शक नै छैनन्।


सम्बन्धित सामग्री