Thursday, May 09, 2024

-->

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएका छन्।

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएका छन्।

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले प्रधानमन्त्री दाहालको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका हुन्। 

उनी २०७९ माघ ९ गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका थिए। गजुरेलले प्रधानमन्त्री दाहालले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन्।

गजुरेलले राजीनामा दिएको तर स्वीकृत हुन बाँकी रहेको बताए। “मैले २० गते नै राजीनामा बुझाएको हो। स्वीकृत हुन बाँकी छ,” उनले भने। 

उनले राजीनामाको कारण भने खुलाउन चाहेनन्। राजीनामा दिनुको कारण राजीनामापत्रम उल्लेख गरेको उनको प्रतिक्रिया छ। 

सिन्धुलीका गजुरेलले प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएका थिएनन्। टिकट नपाएपछि नेतृत्वसँग असन्तुष्टि राख्दै आएका गजुरेललाई प्रधानमन्त्री दाहालले प्रमुख सल्लाहकार बनाएका थिए।


सम्बन्धित सामग्री