मीनभवन आसपास सिभिल अस्पताल, नेपाल कमर्स क्याम्पसलगायत सरकारी र निजी संस्थाका कार्यालय छन्। यो प्रायः व्यस्त हुने सडक हो। तर सडक पार गर्ने समय पर्याप्त नहुँदा दुर्घटनाको जोखिम बढेको छ।
काठमाडौँ– काभ्रेका नवीन तामाङ बुधबार बिहान साढे १० बजेतिर बानेश्वर नजिकैको पसलमा मासु पुर्याएर मीनभवनतर्फ जाँदै थिए। संसद् भवनअगाडि 'जेब्रा क्रसिङ'मा रातो बत्ती बलेपछि रोकिए। उनी मुख्य सडकको बायाँतर्फको दोस्रो लेनमा थिए। पछाडिबाट तीव्र गतिमा आएको अर्को बाइकले उनको बाइकलाई ठक्कर दियो। दुवै बाइक र चालक तथा यात्रु सडकमा लडे।
नवीनको बा २५प ५५२ नम्बरको बाइकको पछाडिको भागमा क्षति पुग्यो। घुँडामा चोट पनि लाग्यो। नजिकै रहेका ट्राफिक प्रहरी आए र उनलाई चोटबारे सोधपुछ गर्न थाले। तर ठक्कर दिने बाइकका चालक तत्कालै त्यहाँबाट भाग्न सफल भए।
दुर्घटना हुँदा पैदलयात्रीका लागि हरियो बत्ती थियो। पैदलयात्रीहरू हतारमा सडक पार गरिरहेका थिए। संयोगबस, बाइकको ठक्करबाट पैदलयात्रु जोगिए।

यहाँ पैदलयात्री हतारमा हिँड्नुपर्ने एउटा कारण हो, आठ लेनको सडक पार गर्न दिइएको १५ सेकेन्डको समय। ‘पिक आवर’भन्दा बाहेक कहिले त १० सेकेन्ड मात्र दिइएको हुन्छ।
उक्त सडक पार गर्न ३० देखि ४५ सेकेन्ड लाग्ने एक ट्राफिक प्रहरीले नै बताए। तर अहिले छुट्याइएको समयमा सडक पार गर्न युवाहरू दौडिरहेको देख्न सकिन्छ। जेष्ठ नागरिक र विशेष अवस्थाकालगायत धेरैजसो पैदलयात्री बीच सडकमा नपुग्दै सवारी साधनका लागि हरियो बत्ती बलिसक्छ। जसले गर्दा उनीहरू त्यहीँ फस्ने गरेका छन्।
नेपाल कमर्स क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत गोविन्द अर्याल बुधबार बिहान उक्त जेब्राक्रसबाट हतारमा सडक पार गर्दै थिए। उनले हरेक दिन यो सडक पार गर्नुपर्छ। प्रविधिको प्रयोग उचित ढंगमा नहुँदा पैदलयात्रुलाई झनै जोखिम बढेको उनी बताउँछन्। “पारिबाट वारि आइपुग्न नपाउँदै रातो बत्ती बल्छ, यसरी त दुर्घटना झनै बढ्ने देखिन्छ,” उनले भने।

बसुन्धरा बस्ने रश्मि अधिकारी उपचारका लागि सिभिल अस्पताल पुगेर फर्किंदै थिइन्। पैदलयात्रुका लागि हरियो बत्ती बलेको समयमा आफूहरूले सडक पार गर्न नसक्ने उनले बताइन्। “भ्याउँछु भन्ने सोच्यो, भ्याउँदैन। बीचमा पुग्दा रातो बत्ती बल्छ, गाडी चलिहाल्छन्। अनि अलमल्ल परिन्छ,” उनले भनिन्।
नोबेल एकेडेमीमा अध्ययनरत रञ्जना मगर थोरै समयमा छिटो जानुपर्दा गाह्रो भएको गुनासो गर्छिन्। “यो जेब्रा क्रसिङले गर्दा कलेज जाँदा–आउँदा साह्रै अप्ठेरो हुन्छ,” उनले भनिन्।
मीनभवनमा सिभिल अस्पताल, नेपाल कमर्स क्याम्पसलगायत सरकारी र निजी संस्थाका कार्यालय छन्। यो प्रायः व्यस्त हुने सडक हो। तर प्रविधिको उचित प्रयोग नहुँदा जोखिम झनै बढेको पैदलयात्रीहरू बताउँछन्।

यता, ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्ट भने जेब्राक्रसबाट सडक पार हुन पर्याप्त समय दिइएको दाबी गर्छन्। कुनै कमजोरी भएको भए सच्याउन आफूले पहल गर्ने पनि उनको भनाइ छ। “जेब्राक्रसमा सवारी र पैदलयात्रुको चापलाई ध्यानमा राखेर समय व्यवस्थापन गर्नुपर्छ। त्यहाँ ३० देखि ४५ सेकेन्ड समय दिइएको मलाई प्राविधिकहरूले जानकारी दिएका छन्। कमजोरी भएको रहेछ भने सच्याउन लगाउनेछौँ,” उनले भने।
तर उकालोले लिएको तस्वीर र भिडियोमा पैदलयात्रीका लागि अधिकतम १५ सेकेन्ड समय दिइएको देख्न सकिन्छ। एसएसपी भट्टले पैदलयात्रु आफैँ पनि संयमित भएर हिँड्नुपर्ने र सवारीको अवस्था बुझेर सडक पार गर्नुपर्ने तर्क गरे।
भिडियो कथा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
