Wednesday, May 08, 2024

-->

वेस्टइन्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

वेस्टइन्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौँ– वेस्टइन्डिज ‘ए’सँगको पाँच खेलको टी–२० सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा टस जितेको छ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। वेस्टइन्डिज एले पहिला ब्याटिङ गर्नेछ।

यसैबीच, नेपालले प्रिमियर कपमा तेस्रो स्थानका लागि खेलेको टोलीमा ४ परिवर्तन गरेको छ।

अनिलकुमार शाह, विवेक यादव, प्रतिश जिसी र कमलसिंह ऐरी टोलीमा आएका छन्।

नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जिसी विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी रहेका छन्। 

यसैगरी, आसिफ शेख, करण केसी, सन्दीप जोरा, सोमपाल कामी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख बेन्चमा छन्।


सम्बन्धित सामग्री