भूकम्पपछि जापानी मौसम विज्ञान निकाय (जेएमए)ले तटीय क्षेत्रहरूमा सुनामी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
नेपाल पञ्चांग निर्णायक विकास समिति अध्यक्षसहितका सदस्यको नियुक्ति गत भदौ १३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय निर्णयबाट भए पनि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन।
मन्त्रिपरिषद्ले २०८१ चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ।
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हितेन्द्रदेव शाक्यलाई सरुवा गर्ने सरकारको निर्णयलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ ठहर गर्दै बदर गरिदिएको छ।
समयमै संकलन, मापदण्ड पालन, लिलाम प्रक्रिया पूरा गरेर घाटगद्दीमा राखिएको काठ उठाउन अनुमति नपाउँदा सामुदायिक तथा साझेदारी वन, निजी काठ व्यवसायी, मजदुर, उपभोक्तालगायत सबै मारमा परेका छन्।
आयोगले झूटा विवरणका आधारमा नाम दर्ता भएको पाइएमा उजुरी दिन, एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा भएमा एक स्थानमा मात्र कायम गर्न र मृतक वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन आग्रह गरेको छ।
प्रतियोगितामा १८ ब्याटर २९ पटक डकआउट अर्थात् शून्य रनमा आउट भएका छन्। जसमध्ये जोस ब्राउन, सुमित महर्जन र जर्ज मुन्से र आशिफ शेख सबैभन्दा बढी तीन पटक डकआउट भए।
न्यायाधीश नियुक्तिको विषयलाई लिएर प्रधानन्यायाधीश र अदालतको जनआस्थामा आँच पुर्याउने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उनीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको थियो।
दुई खण्डमा ठेक्का लगाइएको सूर्यविनायक–धुलिखेल सडकको एउटा खण्डको म्याद सकिन दुई दिन बाँकी छ, अर्को खण्डको म्याद एक महिनापछि सकिँदैछ। तर तीन वर्षदेखि सास्ती खेपेका यात्रुले अझै सुबिस्ता नपाउने भएका छन्।
पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन, मालपोत र कमलामाई नगरपालिका–५ को वडा कार्यालयमा क्षति पुर्याएको आरोपमा ‘आपराधिक उपद्रव’सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
सोमबार नेप्से परिसूचक ३.०३ अंकले घटेर २६०६.६७ को विन्दुमा कायम भएको छ।
थाई सेनाले आफ्नो हवाई आक्रमण क्याम्बोडियाली सैन्य ठेगानाहरूमा मात्र केन्द्रित रहेको र सर्वसाधारणलाई क्षति नपुऱ्याउने प्रयास गरिएको दाबी गरेको छ।
नेपाल लेयर्स कुखुरा पालक संघले देशभरका पोल्ट्री फार्महरूको उत्पादनलाई आधार मानी मंगलबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य कायम गरेको छ।
कुश्मिसेरादेखि देवलधारासम्मको १० किलोमिटर सडक हिउँदमा धुलो तथा बर्खामा हिलोका कारण स्थानीय र यात्रुले सास्ती खेप्नुपरेको छ।
नाइटक्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्।
काठमाडौँको सिनामंगलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सन् २०११ मा रुसमा भागवद् गीतामाथि प्रतिबन्ध लगाउने प्रयास भएको थियो र भारतीय पक्षले उक्त कदमको विरोध गरेको थियो। त्यतिबेला न भारतमा मोदी प्रधानमन्त्री थिए, न रुसमा पुटिन नै राष्ट्रपति।
यहाँका सम्भावित हिउँ चितुवा बासस्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्यापिङ क्यामेरा दुई महिनासम्म लेकमा राखिने छन्।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उद्योग वाणिज्य संघ, नेपालगन्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगन्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए।