AnonymousUser

Logout

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ र पूर्वनिर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

नेपालगन्जका नगरबस प्रयोगविहीन, व्यवस्थापनका लागि अध्ययन समिति गठन

नगरबसहरू प्रयोगविहीन भएपछि आवश्यक व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए।

‘चुनाव नलड्ने मन्त्रिपरिषद्’का मन्त्री कुलमानलाई लागेको चुनाव

सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि ‘चुनाव नलड्ने व्यक्ति’को खोजी गर्दा मन्त्रिपरिषद् विस्तारमा ४४ दिन अलमल भयो। तर कार्की प्रधानमन्त्री भएको तेस्रो दिनमै मन्त्री बनाइएका घिसिङ अहिले चुनावी अभियानमा छन्।

यू१९ एशिया कपका लागि नेपाली टोली घोषणा

क्यानले मंगलबार अशोक धामीको कप्तानीमा एसीसी मेन्स यू१९ एशिया कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ।

जकार्तास्थित ड्रोन कम्पनीको कार्यालयमा आगलागी, २२ जनाको मृत्यु

इन्डोनेसियाको राजधानी जकार्तास्थित एक कार्यालय भवनमा मंगलबार आगलागी हुँदा एक गर्भवती महिलासहित कम्तीमा २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ। जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ।

थाइल्यान्ड–कम्बोडियाको सीमामा भएको झडपमा ७ सर्वसाधारणसहित १० जनाको मृत्यु

थाइल्यान्ड र कम्बोडियाको ८१७ किलोमिटरको साझा भूमि सीमामा रहेका धेरै क्षेत्रहरूमा एक शताब्दीभन्दा पुरानो विवाद छ। यही विवादका कारण बेला–बेलामा सशस्त्र झडप भइरहेका छन्।

दाङमा खानेपानीको ठेक्कामा अनियमितताको आरोपमा ५ कर्मचारी र ठेकेदारविरुद्ध मुद्दा

अख्तियारले दाङस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ठेक्कामा आर्थिक अनियमितता र मिलेमतो भएको निष्कर्ष निकाल्दै तत्कालीन निमित्त डिभिजन प्रमुखसहित पाँच कर्मचारी र ठेकेदार कम्पनीका प्रबन्ध निर्देशकविरुद्ध आरोपपत्र दायर गरेको छ।

६ कारोबार दिनपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ को बिन्दुमा कायम भएको हो।

भन्सार ऐनको विरोधमा भन्सार एजेन्टको ‘पेन डाउन’

भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति असन्तुष्टि जनाउँदै भैरहवा भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्टका कर्मचारी सोमबारदेखि आन्दोलित छन्।

सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

निर्माणाधीन ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर आयोजनाअन्तर्गतको निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

अनामनगरको पार्कमा खुला पुस्तकालय

पत्रकार नारायण तिवारीले आफ्नै सक्रियतामा अनामनगरको हनुमानस्थान नजिकको पार्कमा खुला पुस्तकालय सञ्चालनमा ल्याएका हुन्।

शिलालेख देखाउनू श्यामसुन्दरलाई

श्यामसुन्दरलाई लिपि अध्ययन निकै निरस विषय लाग्थ्यो, तर त्यही जागिरमा उनले ३५ वर्ष बिताए। अवकाशपछि लिपिकै विषयमा विद्यावारिधि पनि टुंग्याए, जुन पूरा गर्न उनलाई १४ वर्ष लाग्यो।

चीनमा पूर्व बैंकरलाई मृत्युदण्ड, १५६ करोड डलर घुस लिएको ठहर

सीएचएच चाइना ह्वारोङ एसेट म्यानेजमेन्टको सहायक कम्पनी हो। जसले देशको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कोषको रूपमा खराब ऋण व्यवस्थापनका बारेमा चासो राख्छ।

हिउँदमा वासस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

कठिन भूगोलमा अवस्थित गाउँमा १३ घरधुरीको बसोबास छ। मुस्ताङ–डोल्पा सडकसँगै रहेको साङ्ता गाउँ अहिलेको स्थान्तरित बस्ती हो।

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

कानूनी प्रक्रिया पूरा नगरी लामो समयदेखि चल्दै आएको उक्त क्रसर उद्योगले अनधिकृत रूपमा नदी जन्यपदार्थ उत्खनन गरेको पाइएको भन्दै बन्द गरिएको छ।

एनपीएल: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

मंगलबारको खेल जित्ने टोली सिधै फाइनल पुग्नेछ। पराजित टोलीले इलिमिनेटर खेल्ने मौका पाउनेछ।

‘गाउँले उस्तै रहुन्, आफू झिल्के बनेर बेलाबखत पुग्न पाइयोस्’

भावना र स्मृतिका कारण सबैलाई गाउँ प्यारो लागे पनि सुविधा र सहजताका कारण अधिकांशले शहर रोजेको देखिन्छ। रहर र लहर हेर्दा यो कसैले थाम्न सक्ने देखिँदैन।

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

यो पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पवर्तको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थललाई समेटेको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।