AnonymousUser

Logout

दिक्तेलमा चित्र बनाउँदै ललितकलाका विद्यार्थी

पुस २१ गते दिक्तेल आएका १० विद्यार्थीले बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्तामा चित्र बनाइरहेका छन्। उनीहरूले १० दिनसम्म यहाँको कला, संस्कृति झल्किने तथा सन्देशमूलक चित्र बनाउनेछन्।

काठमाडौँमा १० देशका कलाकारका चित्रकला प्रदर्शन

चित्रकला प्रदर्शनमा नेपालसहित भारत, बांग्लादेश, घाना, बेलायत, अमेरिका, जापान, रुस, इन्डोनेसियालगायत देशका ६० वटा कला सिर्जना प्रस्तुत गरिएका छन्।

फोटो काठमाडौँको छैटौँ संस्करण आजदेखि शुरू

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा एक महिनासम्म चल्ने यो महोत्सवमा १८ वटा प्रदर्शनी, स्लाइड सो प्रोजेक्सन, कार्यशाला लगायत कार्यक्रम रहनेछन्।

कलाकारका कला: काठमा बालुवा भरेको थांकादेखि धार्मिक र मिथिला कलासम्म

मिथिला आर्टको विशेषता स्टोरी टेलिङ हो अनि कला आकर्षक हुन्छ। त्यही कलालाई आर्ट भ्यालु जोडेर उनले नयाँ प्रयोग गरिरहेकी छन्।

डोल्पोको रङ गाढा छ

चित्रकलामा आफ्नो जन्मथलो डोल्पोलाई उतारिरहेका छिरिङ त्यहाँको प्राकृतिक रङ क्यानभासमा निखार्न नसकेको बताउँछन्। डोल्पो गाढा रङ बोकेर बसेको छ, बसाइँ हिँडेकाहरूको स्मृतिमा त्यो भूगोल फिक्का बन्दैछ।

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्य रहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ।

पेटका कुराः आमाछोरीको सम्बन्ध

दैनिक जीवनका धेरै विषय आमाछोरीका साझा छन्। ९ महिना गर्भमा राखेर सिर्जना हुने नयाँ जीवन छोरी हो, तिनै छोरी पछि आमा बन्छिन्। महिनावारीदेखि प्रसव पीडासम्म उनीहरूका अनुभूति साझा छन्।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

गोरखा भूकम्पको केन्द्र बारपाकमा आयोजित प्रदर्शनीमा भूकम्प गएपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटो राखिएका छन्।  

बाघभैरव मन्दिरबाट चोरिएको गणेश मूर्तिसहित तीन सम्पदा भिएनामा लिलामी हुँदै 

सत्रौँ शताब्दीको सिर्जना मानिने गणेशमूर्ति बाघभैरवबाट चोरिएको थियो। यसअघि, अमेरिकाको क्यालिफोर्नियास्थित जानदु ग्यालरीको संकलनमा रहेको मूर्ति भिएनाको ग्यालरी जेकी अक्सनमा लिलामीमा जान लागेको हो।

अमेरिका पुर्‍याइएका ५०० वर्ष पुराना पौभा फिर्ता ल्याउन ४५ वर्षदेखि लडेको परिवार–समुदाय

सन् १९८० मा काठमाडौँबाट हराएका पौभा चित्र २३ वर्षपछि अमेरिकामा भेटिए पनि फिर्ता ल्याउन अरू २२ वर्ष लाग्यो। यी कला फिर्तीका लागि एउटा परिवार–समुदाय ४५ वर्ष निरन्तर लडिरह्यो र अन्ततः फिर्ता ल्याइछाड्यो।

मेचीकिनारका भित्तामा प्रकृति दोहनविरुद्ध लड्नेका कथा

धनुषामा हत्या भएका दिलीप, कैलालीमा हात काटिएकी नन्दादेवी, रोइरहेको पाण्डा, बगिरहेको पानी र त्यसमा आश्रित कछुवा तथा घडियाल, पुराना शैलीका घर। पर्यावरण विनाशविरुद्ध उभिएको छ मेचीनगरको भित्तो।

घर फर्किए अमेरिका पुगेका २० सम्पदा 

‘लस्ट आर्टस् अफ नेपाल’ अभियानका अनुसार, हिन्दू तथा बौद्ध धर्मसम्बद्ध यी सम्पदामा १७औँ शताब्दीको पद्यपाणिदेखि टेराकोट्टा भैरव मुखुन्डो र काली, तारासम्मका मूर्ति/आकृति छन्।

कृति शाह चन्दको कला प्रदर्शनी: १ हजारभन्दा बढीले गरे अवलोकन

अँध्यारोबाट उज्यालोको खोजी, माया, सांस्कृतिक धरोहर, शान्ति, स्वच्छन्दता र न्यायलगायत विषयका कलाकृति प्रदर्शनीमा समावेश भएका थिए।

हुलाक टिकटमा कला पोख्ने एक्ली पूर्णकला

लाहुरेकी छोरी पूर्णकलाको परिवारमा चित्रकलाको सोख भएका कोही थिएनन्, तर उनी हुलाक सेवा विभागबाट १५ वर्षयता प्रकाशन भइरहेका सबै टिकटको ‘डिजाइनर’ हुन्।

स्टुडियो खोकना, क्यानभास  घरका भित्ता

कलाकार सुजित महर्जन र हितेश वैद्यले २ महिना लगाएर खोकना झल्काउने भित्तेचित्र बनाएका छन्। मल्लकालीन संरचना, टाेलटाेलमा रहेका पोखरी, फल्चा र मन्दिरले सुसज्जित खोकनालाई उनीहरूका कुचीले अझ रंगिन पारिदिए।

तारागाउँमा दक्षिण एशियाली ‘मान्यता’मा पिल्सिएका महिलाको विद्रोह!

दक्षिण एशिया ऐतिहासिक विरासत, धार्मिक विविधता र सांस्कृतिक पहिचानमा जति धनी छ, त्यसमै पिल्सिएका महिलाको जीवन कहालीलाग्दो पनि छ। तारागाउँमा त्यसमै विद्रोहका स्वर फुकिरहेका महिला के गर्दै छन्?

दक्षिण एशियाली महिला कलाकारको कला प्रदर्शनी माघ १२ गतेदेखि

प्रदर्शनीमा भारत, नेपाल, श्रीलंका, पाकिस्तान र बांग्लादेशका कलाकारले आ–आफ्ना कलामार्फत पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन्।

सडकका खाल्डाखुल्डी र सडककै दुर्दशा देखिने प्रदर्शनीस्थल

प्रदर्शनीस्थल प्रायः सफा र चिटिक्क हुन्छ, तर यहाँ अस्तव्यस्त सडककै रूप दिइएको छ। भुईंमा बिच्छ्याइएको त्रिपाल बागमति बनेर बगेको छ र त्यसको दाहिने काठमाडौँ तथा देब्रे ललितपुरका खाल्डाखुल्डी सडक छन्।

झिँगटीले छाउने कालिगड पाउनै मुस्किल

ताप्लेजुङमा कालिगड अभावकै कारण झिँगटीले छाएका घर लोप हुँदै गएका छन्। झिँगटी छानाको ठाउँ आरसीसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ।

वातावरण र संस्कृति विनाशको होडः विकासको मूल्य कति?

केबलकार बनाउन मुक्कुमुलुङका रूख ढालिए, सुनकोशीका विभिन्न आयोजनाले माझीहरूको घाट नै अतिक्रमण भयो, खानी उद्योगले बस्ती उजाडिए। विनाशका यस्ता उदाहरण आर्ट काउन्सिलमा चलिरहेको प्रदर्शनीमा देख्न पाइन्छ।