धुलिखेलस्थित बालगृहका बालिकाहरूको सहयोगार्थ नेपाल साइकल क्लब यूकेले आगामी जुन ५ देखि लन्डन–पेरिस परोपकारी साइकल यात्रा आयोजना गर्ने भएको छ।
श्रम स्वीकृति नलिइ रोजगारीका लागि कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नजान दूतावासले अनुरोध गरेको छ।
माैसमी रोजगारीको रूपमा मेघालयका कोइलाखानी पुग्ने नेपालीलाई त्यहाँका साँघुरा सुरुङमा मृत्युले छायाँ बनेर पछ्याइरहेको हुन्छ। गैरकानूनी तवरले काममा लगाइएका यी मजदुर स्थानीयको मारपिटमा पनि परिरहन्छन्।
कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा ५ हजारभन्दा बढी नागरिकले आफ्नो अवस्था असुरक्षित रहेको जानकारी गराएको उल्लेख गरे।
परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागको आकस्मिक उद्धार पोर्टलमार्फत दूतावासहरूले विवरण संकलन गर्न थालेका हुन्।
मेघालयको पूर्वी जयन्तीया हिल्सस्थित खानीमा गत माघ २२ गते भएको उक्त दुर्घटनामा एक जना अझै बेपत्ता छन् भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा तथा श्रमिक अधिकार संरक्षण लगायतका विषयलाई प्राथमिकताका साथ समेटिएको छ।
धेरै कमाइ हुने र खाडी–मलेसियाको भन्दा ‘लाइफ–स्टाइल’ राम्रो हुने भन्दै लाखौँ खर्चेर युरोपेली देश जाने क्रम बढेसँगै त्यहाँबाट ‘डिपोर्ट’ हुनेको ग्राफ पनि उकालो लागिरहँदा सरकारको नीति के छ?
अध्यागमन विभागका अनुसार अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौँ ल्याएर छाडेको हो।
कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ।
बेलायतको महानगरीय प्रहरी लन्डनले‘गेट्स’ नामले चर्चित कलाकार स्यामुएलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो।
नाइटक्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्।
क्वालालम्पुरको कोटा राया क्षेत्रमा ‘फैसन सेन्टर’ चलाउने शान्ति थापाका जिजुबाजे मलेसिया पुगेका थिए। यसरी चारपाँच पुस्ताअघि नै यहाँ आएका परिवारका सन्तान मलेसियाभरि छरिएका छन्। १०० वर्षअघि नै नेपाली कसरी मलेसिया पुगे?
नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने बहानामा ठगीधन्दा भइरहेको जानकारी प्राप्त भइरहेको दूतावासले जनाएको छ।
युक्रेनबाट दुई नेपाली नागरिकको उद्धार गरिएको र उनीहरूलाई शुक्रबार दिउँसो स्वदेश फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
गत वर्ष हिंसात्मक आन्दोलनसँगै शेख हसिनाको सत्ता ढलेपछि यूएईले बांग्लादेशी नागरिकलाई भिसामा प्रतिबन्ध लगाएको थियो। जेनजी आन्दोलनपछिको सरकार परिवर्तनसँगै यूएईले नेपालीलाई पनि सबैखाले भिसा बन्द गरेको छ।
नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
कुवेतस्थित नेपाली दूतावासले विषादीयुक्त मदिरा सेवनबाट ३५ जना नेपाली अस्पतालमा भर्ना भएको र तीमध्ये 'केहीको ज्यान गएको' भन्दै अपुष्ट सूचना जारी गरेको थियो।
श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकको श्रम वैधानिकीकरणको काम शुरू भएको छ।
नेपालमा भिजिट भिसामा हुने सेटिङबारे अख्तियारले अनुसन्धान थालेपछि मानव तस्करहरूले नेपालीलाई खाडी मुलुक तथा युरोप पुर्याउन भारतको बाटो प्रयोग गरिरहेका छन्।