बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।
काठमाडौँ- बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हिमपातको सम्भावना छ। आइतबारदेखि भने मौसममा सुधार आउने देखिएको छ।
महाशाखाले बुधबार बिहान जारी गरेको पाँचदिने मौसम पूर्वानुमानअनुसार बिहीबार रातिदेखि वर्षा थप सक्रिय हुनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा वा हिमपात र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
शुक्रबार देशभरजसो बादल लाग्ने र अधिकांश प्रदेशमा वर्षा तथा हिमपात हुने अनुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा वा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबार राति पनि देशका अधिकांश स्थानमा वर्षा हुने तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।
शनिबार पनि वर्षा र हिमपातको क्रम जारी रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षा वा हिमपात हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षा वा हिमपातको सम्भावना छ।
आइतबार भने देशभर आंशिक बादल लाग्ने र हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ।
धानबाली भित्र्याउन र यात्रा गर्न सतर्कता अपनाउन आग्रह
पूर्वानुमान महाशाखाले कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म भारी वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न आग्रह गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र गइसकेका भए सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
वर्षाका कारण चिसो बढ्नुका साथै जोखिमयुक्त स्थान तथा सडक छेउछाउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन पनि महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
