अटोमा चालकसहित तीन जना सवार थिए। दुर्घटनापछि अटोचालक गोपाल मगर फरार छन्।
अमरगढी– रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगर रहेका छन्।
दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन्। शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किएका थिए।
गम्भीर घाइते थापामगरलाई जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
उक्त अटोमा चालकसहित तीन जना सवार थिए। दुर्घटनापछि अटोचालक गोपाल मगर फरार छन्। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। जिपमा सवार तीनैजना सकुशल छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
