अस्ट्रेलियाको पर्थमा शनिबार आयोजित ‘नेपाल फेस्टिभल’मा गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ले हजारौँ नेपालीलाई नचाएका छन्।
काठमाडौँ- अस्ट्रेलियाको पर्थमा शनिबार आयोजित ‘नेपाल फेस्टिभल’मा गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ले हजारौँ नेपालीलाई नचाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) पर्थले आयोजना गरेको कार्यक्रममा चिसो हावा र सिमसिमे वर्षाका बाबजुद दर्शकको उत्साह घटेन।
‘हङ्गामा भो’, ‘झुमा झुम्का वाली’, ‘यो कुरा गोप्य’ र ‘कर्णाली सलल’ लगायतका चर्चित गीत प्रस्तुत गरेका खरेलले करिब दुई दर्जन गीत गाएका थिए। वर्षामै राष्ट्रिय झण्डा बोकेर र नेपाली पोशाकमा सजिएका दर्शकले नाचगान गर्दै साथ दिएका थिए।
प्रवासी नेपालीको माया र उत्साहले आफू भावुक भएको खरेलले बताए। उनको टोली मंगलबार नेपाल फर्किनेछ। त्यसपछि अक्टोबर १९ र २० मा भारतको असममा सांगीतिक कार्यक्रम गर्ने तथा तिहारपछि ‘सुरताल म्युजिकल टुर’मा सहभागी हुने तयारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
