AnonymousUser

Logout

संविधानसभा सदस्य​​​​​​​ श्रीस राजनीतिसँगै कृषि उद्यममा

भूमिगत राजनीति र संविधानसभा सदस्यको कार्यकाल पूरा गरी जन्मथलो फर्किएका गमबहादुर श्रीसले म्याग्दीको बरम्जामा व्यावसायिक कृषि र पशुपालन गरिरहेका छन्।

तोरीको तेलको भुटुन: स्वस्थ कि अस्वस्थ?

उच्च तापक्रम प्रयोग नगरी गाउँघरतिरको मिलमा पिसिने तोरीको तेलमा प्रशस्त एन्टिअक्सिडेन्ट पाइने हुँदा यसको प्रयोग गर्नु पनि राम्रो हुन्छ। तर प्रशोधित गरिएकै कारणले एकदम खराब भन्नेचाहिँ हुँदैन।

उद्योग वाणिज्य महासंघको निर्वाचनमा निराजन चलाउनेको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि युवा व्यवसायी नीराजन बहादुर चलाउनेले कार्यसमिति सदस्य (वस्तुगत तर्फ) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

शहरको मजदुरी छाडेर गाउँमै किसानी गर्ने कमलको रहर

एक दशकदेखि काठमाडौँमा मजदुरी गरिरहेका धादिङका कमलसिंह ठकुरी शहरका इँटा र सिमेन्टभन्दा गाउँको ढुंगा–माटोमा रमाउन चाहन्छन्। नयाँ सरकारले वास्तविक कृषकलाई अनुदान र मजदुरलाई सम्मान देओस् भन्ने उनको चाहना छ।

महावीर पुनको यात्रा: गाईगोठदेखि संसद्सम्म

महावीर सधैँ खुट्टामा साधारण चप्पल र कालो हाफ पाइन्ट लगाएर कलेज जान्थे। अभावलाई लुकाउन नखोज्ने उनको त्यो सादगी र विद्रोही हुलियाले सबैको आँखा उनीमाथि ठोकिन्थ्यो।

१० लाख डलर लगानी जित्ने प्रतिस्पर्धामा संगम चापागाई

सिलिकन भ्यालीको ‘मिट द ड्रेपर्स’ रियालिटी शोमा १० लाख डलर लगानी जित्न नेपाली इन्जिनियर संगम चापागाईको रोबोटिक कम्पनी ‘सेफोर्ज’ अहिले विश्वभरका उद्यमीसँग भोटिङ प्रतिस्पर्धामा छ।

१२ वर्षदेखि गँड्यौला मल उत्पादन गरिरहेका वीरबहादुर

उद्योगको प्रारम्भिक चरण भने चुनौतीपूर्ण थियो। बजारको अभाव, आर्थिक कठिनाइ तथा प्राविधिक ज्ञानको कमीबीच हमालले कामको थालनी गरेका थिए।

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

यस वर्ष १०० रोपनी खेतमा १५० मुरी धान फलाउने लक्ष्य रहे पनि मौसम अनुकूल नहुँदा कम भएको ध्रुव बताउँछन्। घरमा आवश्यक पर्ने २५ मुरी राखेर ९५ मुरी बिक्री गर्ने उनको योजना छ।

‘वादी समुदायको न मेटियो जातीय विभेद, न फेरियो जीवन’

वादी समुदाय अझै पनि भूमिहीन, अशिक्षित र रोजगारीविहीन अवस्थामा छ। यो समुदायका धेरै परिवार पूर्व–पश्चिम राजमार्गको छेउ, नदी किनार र जंगल आसपासका जोखिमपूर्ण क्षेत्रमा बस्न बाध्य छन्।

पाटनमा चाकु बनाउन भ्याइनभ्याइ [तस्वीरहरू]

उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे संक्रान्तिमा सेवन गरिने परम्परागत परिकार हो।

जन्मदर्ता नहुँदाको पीडा भोगिरहेका १७ वर्षीय विवेक

सर्लाहीको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियारको काँधमा जिजुहजुरआमा ,हजुरआमा र बहिनीको जिम्मेवारी छ। तर जन्मदर्ता नहुँदा उनलाई मजदुरी गरेर खानसमेत समस्या हुन थालेको छ।

गरिबीले रोक्न सकेन सत्यनारायणको डाक्टर बन्ने सपना

सत्यनारायणले मजदुरी गर्दै घरमै अध्ययन गरेर चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिए। नतिजा आउँदा सबै अचम्मित भए। किनभने, उनको मधेशी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिमा नाम निस्कियो।

प्रहरी छाडेर वडाध्यक्ष बने, अहिले हाँकिरहेका छन् रेन्बो ट्राउट फार्म

चारैतिर वन र दुईतिर खोलाको बीच भागमा रहेको टिमुरे चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको क्षेत्र हो।

कोरला नाका सञ्चालनसँगै स्थानीयलाई व्यापार र रोजगारीको अवसर

कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र चीनतर्फको लिजी बजारमा माथिल्लो मुस्ताङका बासिन्दाले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्।

अवकाशपछिको जाँगर: मौरी पालनबाट आम्दानी गर्दै घनश्याम

बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल १११ घार मौरी छन्। वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको उनी बताउँछन्।

रोजगारीका लागि भारततर्फ जानेको भीड

चाडपर्व तथा खेतीपातीका लागि घर फर्केकाहरू पुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ।

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने युवा पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न म्याग्दीका बगैँचामा आएका हुन्।

सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए

सविन काम गरिरहेको नाइटक्लबमा भएको आगलागीले केही मिनेटमै भयावह रूप लिएको थियो। उद्धार प्रयास भए पनि भित्र फसेकाहरू निसास्सिन पुगे र तीमध्ये सविन एक थिए।

ठेला व्यवसायमा रमेका ६५ वर्षीय करनबहादुर

दशकअघि शुरू गरेको यो व्यापार अहिले करनबहादुरको स्थिर आयस्रोत बनेको छ। करिब २० हजार रुपैयाँ लगानीबाट चलेको ठेलाबाट उनी १ हजार ५०० रुपैयाँसम्म कमाउछन्।

मौसमी बसाइँसराइले फेरिएको मुस्ताङको साङ्ता गाउँको वासस्थान

अग्ला पहाडले घेरिएको साङ्ता गाउँ सडकको तलपट्टि भिरालो खोचमा अवस्थित छ। अभाव र अशिक्षाको भुमरीमा जकडिएको साङ्ता गाउँमा अचेल राज्यको उपस्थित आकलझुकल देखिन थालेपछि स्थानीयले केही राहतको अनुभूति गर्न थालेका छन्।