रौतहटको मदिरा उद्योगमा विस्फोट: १ जनाको मृत्यु, ६ घाइते

घाइते सबैलाई उपचारका लागि वीरगन्ज पठाइएको छ। विस्फोटको कारण स्पष्ट भएको छैन।

रौतहटको मदिरा उद्योगमा विस्फोट: १ जनाको मृत्यु, ६ घाइते
प्रतिकात्मक तस्वीर

चन्द्रपुर– रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। अन्य ६ जना कामदार घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णु बस्यालका अनुसार शनिबार बिहान भएको विस्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सबै घाइतेका हातखुट्टा जलेका छन्। 

उनीहरूलाई उपचारका लागि वीरगन्ज पठाइएको छ। विस्फोटको कारण स्पष्ट भएको छैन।