AnonymousUser

Logout

काठमाडौँका यी स्थानमा ४ घण्टा बिजुली अवरुद्ध हुने

मित्रपार्क पशुपति कलेज क्षेत्र, ढल विकास आयोजना, विमानस्थल आर्मी ब्यारेकसम्म र चाबहिल दिर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने छ।

फल्चामा गुञ्जिए नारायण गोपाल र झलकमानका गीत

स्वरसम्राट नारायण गोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारेर उक्त सांगीतिक साँझको आयोजना गरिएको थियो।

‘अहिलेको परिस्थितिमा निर्वाचनबाहेक अर्को विकल्प छैन’

वर्तमान सरकार जेनजी आन्दोलनबाट आए पनि दलहरूको विरोधी नभएको र राजनीतिक दललाई स्थापित गर्न नै निर्वाचन आवश्यक रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाइ छ।

कारागारमा चिनजानपछि पूर्वप्रहरीको घरमै गएर बीभत्स हत्या, १ जना पक्राउ

पूर्वप्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा कैद भुक्तानका क्रममा चिनजान भएका बुद्धिराम दराई पक्राउ परेका छन्।

एनपीएल : लुम्बिनी प्लेअफमा, जनकपुरसहित पोखरा र चितवन बाहिरिए

शुक्रबारको खेलमा जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो।

हेटौँडाको मुख्य सडक विस्तार रोक्न अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

श्रीलंकामा मौसमी विपद्ले ८५ प्रतिशत विद्युत् आपूर्ति अवरुद्ध

विपद्का कारण श्रीलंकाभरि करिब ८५ प्रतिशत विद्युत् आपूर्ति अवरुद्ध भएको सिलोन विद्युत् बोर्डले जनाएको छ।

संकटबाट मुलुकलाई जोगाउन निर्वाचनमा केन्द्रित हुन नागरिक समाजको अपिल

नागरिक समाजले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोगसँग विशेष आग्रह गरेको छ।

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादवको दाबी पेश

कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले ६ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसमक्ष दाबी पेश गरेका छन्।

जेन–जी अगुवाहरू कसरी जाँदैछन् चुनावमा?

जेन–जी आन्दोलनपछि चर्चामा आएका कोही शर्त राखेर चुनावै हुन नदिने भनिरहेका छन्, कोही लोकतन्त्रमा चुनावको विरोध गर्न नसकिने भनिरहेछन्। फरक विचारधाराका जेन–जी अगुवाहरूको अबको कार्यदिशा के छ त?

राप्रपा मधेश प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

राप्रपा नेपालका मधेश प्रदेशसभा सदस्य कञ्चन विच्छालाई निलम्बनमा परेकी छन्।

फोक्सिङटारस्थित सुनकोशी नदीमाथि अस्थायी बेलिब्रिज जडान थालियो

योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीका अनुसार आगामी पुस १५ गतेभित्र अस्थायी बेलिब्रिज जडानको काम सम्पन्न गरेर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सुरक्षाकर्मीलाई ‘घरदास’ बनाएको मुद्दामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ

अन्तरिम आदेश दिने/नदिनेबारे निर्णय गर्नुअघि दुवै पक्षबीच छलफल गर्नुपर्ने देखिएको भन्दै सर्वोच्च अदालतले पुस ४ गतेलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।

जनकपुर–ढल्केबर सडकखण्डका ३ स्थानमा आकाशे पुल निर्माण गरिने

पैदलयात्रुको अत्यधिक चाप, सवारी साधनको आवागमन, ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन र दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माण थालिएको सडक डिभिजन कार्यालयले अघि बढाएको जनाएको छ।

चितवन कारागारमा ३० कैदीबन्दी त्रिपालमुनि

कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार भवनभित्र ठाउँ नपुगेपछि अहिले दुई ठाउँमा १५ जनाका दरले त्रिपालमुनि राखिएको छ।

कूटनीतिक भाषामा भनिएको हो– राजीनामा देऊ

पूर्वराजदूत बरालले लेखेका छन्— ‘ओहोदाको प्रमाणपत्र बुझाएकै दिन पाकिस्तानी राजदूतको स्वागत समारोहमा धेरैले मलाई जिस्क्याउँदै भने, आज प्रमाणपत्र दियौ, उता तिम्रो सरकार बच्ने/नबच्ने ठेगान छैन।’

तोलामा ९०० रुपैयाँले घट्यो सुन

बिहीबार सुन २ लाख ५३ हजार ३०० तथा चाँदी ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

एलडीसी बैठक: वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

दोहामा बिहीबार भएको उच्चस्तरीय छलफलमा नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ।

बेनीको तोरीपानीमा सयपत्री होमस्टे

तोरीपानीमा आउने पर्यटकलाई पारिवारिक वातावरणमा बसोबासको व्यवस्था मिलाउने उद्देश्यले होमस्टे शुरू गरिएको हो। थप घरहरूमा पनि होमस्टे सञ्चालन गर्ने योजना छ।

जात र गोत्र भुटिरहेकी छोरी

हिन्दू धर्मलाई स्वामी विवेकानन्दले 'भान्साको धर्म' भन्दै आलोचना गरेका थिए। घरभित्रै हिन्दू धर्मका पवित्रता र अपवित्रतासम्बन्धी अवधारणा/सोचले भौतिक स्वरूप लिने कुरा सत्य हो।