राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गमा ८९ वटा ठूला पुल र ६ वटा सुरुङ निर्माण गर्ने योजना रहेकोमा हाल तीन सुरुङ र पाँच पुल सम्पन्न भइसकेका छन्।
काठमाडौँ– राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको लेनडाँडामा पुल निर्माण भइरहेको छ। मकवानपुरगढी र बकैया गाउँपालिकामा पर्ने उक्त स्थानमा २७० मिटर लामो भूकम्प प्रतिरोधी पुल निर्माण भइरहेको छ।
८१ मिटर उचाइको उक्त पुल निर्माण सम्पन्न भएपछि नेपालकै अग्लो पुल हुने लेनडाँडा बेस क्याम्पका प्रमुख सेनानी निरोज गौतमले बताए। ७१.५ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ।

यस आयोजनामा ८९ वटा ठूला पुल र ६ वटा सुरुङ निर्माण गर्ने योजना रहेकोमा हाल तीन सुरुङ र पाँच पुल सम्पन्न भइसकेका छन्। द्रुतमार्गको समग्र भौतिक प्रगति हाल ३८ प्रतिशत रहेको उनले बताए।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
