मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि चार हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन्।
सेयर बजारमा आज नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुग्दा ३ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको छ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।
देशका हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
नुवाकोटको विदुरमा एकातिर बाढीमा परी सम्पर्कविहीन भएकाका आफन्तहरू ब्यारेकमा राखिएको सूची नियालिरहेका छन् भने अर्कातिर स्थानीयवासी घरभित्र जमेको लेदो पन्छाउन र सरसामान निकाल्न व्यस्त छन्।
बुधबार गएको भोटेकोशी बाढीमा परेकामध्ये विभिन्न मुलुकका ३२४ जना नागरिकको उद्धार गरिएको छ भने अझै ३९ देशका ५९० जना सम्पर्कविहीन रहेका छन्।
पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डअन्तर्गत कृष्णभीरमा झन्डै २०० मिटर सडकलगायत डाँडासमेत चिरिएको छ भने शीतल बजारमा ५० मिटर र परेवाभीरमा १०० मिटर गरी तीन ठाउँमा सडक भासिएको छ।
रसुवाको भोटेकोशी बाढीमा घाइते भई त्रिवि शिक्षण अस्पताल ल्याइएका ६७ जनामध्ये हाल २७ जनाको उपचार भइरहेको छ भने ३९ जना डिस्चार्ज भइसकेका छन्।
अब प्रश्न यस्तो हुनु हुँदैन- चीनले नेपालका लागि के बनाइदिन्छ? अब प्रश्न यस्तो हुनुपर्छ- चीनसँगको सहकार्यपछि नेपाल आफैँ के बनाउन, चलाउन, मर्मत गर्न, वित्त जुटाउन, सुधार गर्न र निर्यात गर्न सक्छ?
देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक तथ्यांकअनुसार सोमबार साँझ ६:०० बजेसम्म ९३९ जनाको शव फेला परेको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन्।
प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ।
भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका शव र अंग पहिचानका लागि नेपाल प्रहरीले स्वदेश र विदेशमा रहेका आफन्तबाट डीएनए नमूना संकलनको प्रक्रिया शुरू गरेको छ।
सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३.४२ को विन्दुमा सीमित भएको छ।
हेर्नुहोस् भोटेकोशी बाढीले निम्त्याएको अवस्था देखाउने त्रिवि शिक्षण अस्पताल र देवीघाटका केही तस्वीरहरू:
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ४८ मध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी १५ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
वैकल्पिक सडक साँघुरो र अत्यधिक चिप्लो भएकाले यात्रु तथा चालकले सास्ती व्यहोर्नुपरेको छ।
कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।