यो साता ललितानिवासको जग्गामा राजनीतिक नेतृत्वलाई सफाइ कर्मचारी दोषी ठहर, समिट अपार्टमेन्ट अनुमतिबिनै धमाधम निर्माण, निकुञ्ज क्षेत्र नै व्यापारीलाई दिन प्रधानमन्त्रीको जोडबल सहितका खबरले ‘हेडलाइन’ बनाए
माघ महिना सकिएसँगै ठिहिर्याउने जाडो क्रमिक रूपमा कम हुँदै छ, औसत दैनिक तापक्रम बिस्तारै बढ्दै छ। हरेक महिना केही न केही विशेष 'प्रकरण' चलिरहने नेपालमा बितेको महिना पनि रोचक घटनाहरू घटे। लामो समयदेखि प्रगति नदेखिएको बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणमा अन्तत: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उद्योगी–व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको थियो। चौधरी पक्राउ परेको खबरले यस ‘केस’ले गति लिने थोरै आशा जगाए पनि गत हप्ता काठमाडौँ जिल्ला अदालतले चौधरीसहित सोही केसमा पक्राउ परेका तीन जनालाई रिहा गर्ने आदेश दिएको थियो।
सम्बन्धित फलोअप
बाँसबारीको सरकारी जग्गा धितो राखेर चौधफरीले लिएका थिए २९ करोड ऋण, ताकेतामा नेपाल बैंक
बाँसबारी जग्गा प्रकरण : जग्गा फिर्ता ल्याउन मालपोतले जारी गर्यो २१ दिने सूचना
बाँसबारी प्रकारणजस्तै शक्तिशाली व्यक्तिहरूको ‘नेक्सस’ले गरेको भ्रष्टाचारको अर्को उदाहरण हो– ‘ललितानिवास जग्गा हिनामिना प्रकरण’। यस मुद्दामा विशेष अदालतले बिहीबार सुनाएको फैसलाले राजनीतिक नेतृत्वलाई सफाइ दिँदै कर्मचारी र अन्यलाई दोषी ठहर गरेको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललितानिवास जग्गा हिनामिना प्रकरणमा तीन पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिने फैसला गरेको हो।
अदालतले दुई पूर्वसचिव दीप बस्न्यात र छविराज पन्तसहित प्रतिवादी बनाइएका कर्मचारी र भू–माफियालाई दोषी ठहर गरेको छ। पूर्वसचिव दिनेशहरि अधिकारीले भने आरोपबाट सफाइ पाएका छन्। जग्गा हिनामिना प्रकरणको निर्णयमा हस्ताक्षर गर्ने तहसम्मको भूमिका नदेखिएको भन्दै केही कर्मचारीले पनि सफाइ पाएका छन्।
विशेष अदालतबाट फैसला आएसँगै अहिले विभिन्न मानिसहरूको नाममा रहेको ललितानिवास र त्यस क्षेत्रको १३६ रोपनी जग्गा जफत गरी फिर्ता ल्याउन भने सरकारलाई बाटो खुलेको छ।
एकपटक फेरि फर्किऔँ चौधरी ग्रुपतिर। उक्त व्यापरिक घराना संलग्न बेथितिको अर्को उदाहरण हो नक्सापास र अनुमतिबिनै धमाधम निर्माण भइरहेको समिट अपार्टमेन्टको स्टोरी। अपार्टमेन्टमा जोडिएको शक्तिशाली व्यापारिक घरानालाई कानूनी कारबाही गर्न नसकेको भन्दै महानगरप्रति बखुण्डोलवासी आक्रोशित छन्। अवैध निर्माण जारी रहँदा पनि महानगरले जानाजान नजरअन्दाज गरेको उनीहरूको आरोप छ।
कर्मचारीतन्त्र र राजनीतिज्ञले कानून, व्यवस्था नजरन्दाज गर्दै व्यापारीहरूको स्वार्थको अस्त्र बनेको रिपोर्ट पछि व्यापारीको लाभका लागि सरकारै सहयोगी बनेका दुई दृष्टान्त खबर:
निकुञ्ज क्षेत्र नै व्यापारीलाई दिन प्रधानमन्त्रीको जोडबल, १९ केबलकार कम्पनी ‘लाइन’मा
बाह्य लगानी भित्र्याउने तर्क गर्दै सरकार राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र नै व्यापारीलाई सुम्पिने तयारीमा जुटेको छ। त्यसका लागि कानून बदल्न प्रधानमन्त्री दाहाल स्वयं अग्रसर छन्।
बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा ‘प्लटिङ’, स्थानीय सरकार नै सहयोगी
ललितपुरको गोदावरीमा व्यापारिक लाभका निम्ति भइरहेको जग्गा ‘प्लटिङ’लाई सघाउन बगिरहेको खोला पुरेर बाटो बनाइएको छ। खोला मास्ने यो कामको अगुवाइ स्थानीय सरकारले नै गरेको छ।
सम्बन्धित
मेलम्ची विपत्तिका ३० महिना: अब सिंहदरबार घेर्न मात्र बाँकी छ
काठमाडौँ महानगरमा घर बहाल नतिरी सम्पर्कविहीन हुने प्रवृत्ति बढ्दो
विगत २५ वर्षदेखि सञ्चार–जगतमा सक्रिय वरिष्ठ पत्रकार देवेन्द्र भट्टराईले यही महिनाबाट उकालोसँग सामग्री–सहकार्य थालेका छन्। प्रस्तुत छ भट्टराईको बाइलाइनमा यस सप्ताह प्रकाशित दुई समाचार :
म्यानमारमा बन्धक रहेका १३ नेपाली मुक्त, घरफिर्तीको पहल जारी
रुसी सेनाबाट भागेर घर फर्किँदै गर्दा ३ नेपाली मस्को विमानस्थलबाटै ‘पक्राउ’
सम्पादकको चयन
विपन्न खसआर्यको नाममा हुनेखानेलाई आरक्षण, सिफारिस दिँदा स्थानीय तहबाटै मनपरी!
रौतहट बमकाण्डः आलमको मुद्दामा फेरि आलटाल
दोस्रो मधेश आन्दोलन, जसले मधेशका सबै शक्तिलाई एक ठाउँमा जुटायो
हिमाल सरसफाइमा शेर्पाको पच्चीसवर्षे आरोहण
बाको बलिदानीले युद्धमा, माओवादीको धोकाधडीले व्यवसायमा
खुद्रा नोटको व्यवस्थापनमा बैंकहरूलाई सकस, सर्वसाधारणलाई कारोबारमा झन् बढी कठिनाइ
काठमाडौँमा कब्जा घरजग्गा फिर्ता ल्याउन लडिरहेका डाक्टर
खेल
क्यानडाविरुद्धको ओडीआईले देखाएको बाटो– अब राष्ट्रिय टोलीमा पर्न प्रतिस्पर्धा तीव्र
घरेलु मैदानमा सुखद शुरूआत नेपालको लक्ष्य, चुनौती पेस गर्न तयार नामिबिया–नेदरल्यान्ड्स
लिग २ : ब्याटिङमा फेरि सकस
प्रविधि
नेपालमा हाइड्रोजन इन्धनयुक्त गाडी व्यावसायिक प्रयोगको सम्भावना छ?
अतिथि आवाज
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको ‘संवाद यात्रा’ अनुभवबारे हालसालै गरिएको कुराकानीमा आधारित:
सिधै ‘अडियन्स’लाई माइक
योजना आयोग उपाध्यक्षलाई पत्र: चुस्त र गतिशील समूहले बनाउनुपर्छ योजना
बारम्बार पूर्वअधिकारीलाई बोलाउनै पर्ने र तिनको सुझाव समेट्नै पर्ने परम्पराले नीतिगत अग्रप्रस्थान सम्भव हुन्छ? कसरी मुलुक रूपान्तर हुन्छ?
अन्तर्राष्ट्रिय
पाकिस्तानको चुनावः इमरानलाई एआई र शरिफलाई सेनाको साथ, कसलाई कति राहत
शक्तिशाली सेनाले पूर्वप्रधानमन्त्री नवाज शरिफलाई नयाँ प्रधानमन्त्रीको रूपमा देख्न र अर्का पूर्वप्रधानमन्त्री इमरान खानलाई हराउन चाहेको टिप्पणी चुनावी प्रक्रियालाई नियालिरहेका विश्लेषकहरूले गरेका छन्।
राज्यले गरेको जातीय विभेद अर्थात् 'मासिन्या'
अपराधका सजायमा मासिन्यामाथि राज्यको ठूलो विभेद थियो। अन्य जातलाई सर्वश्व वा थुना मात्र हुँदा मासिन्याको ज्यानै लिइन्थ्यो। नाटक ‘मासिन्या’ले कुनै बेला मासिन्या घोषणा गरिएको तामाङ समुदायको कथा भन्छ।
यात्रा संस्मरण
२५ वर्षपछि देखिएको भारत
दिल्लीको सडकमा दौडिरहेको गाडी ट्राफिक लाइटमा रोकिन्छ। स्कुले उमेरकी नानी गाडीको सिसा ढकढक्याउँछिन् र पैसा माग्छिन्। म २५ वर्षअघि आउँदा दिल्लीमा यस्ता सडक बालबालिका धेरै देखिन्थे, अहिले पनि उस्तै रहेछ।
परको देशमा
दैनिक करिब दुई हजारभन्दा बढी नेपालीले देश छाड्ने गरेका छन्। विश्वभरि छरिए पनि नेपालीको वैदेशिक गन्तव्य मूलतः खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका र युरोपेली देश हुन्। विदेश जाने विभिन्न बाध्यता र कारण छन्, जस्तो– रोजगारी, व्यापार/व्यवसाय, शिक्षा, तालिम, विवाह आदि। यसरी जानेहरू कतिपय फर्किन्छन्, कतिपय उतैको नागरिक बनिसकेका छन्। उकालोले नियमित रूपमा उनीहरूबारे लेखिरहेको छ। यो दायरा थप फराकिलो बनाउन विभिन्न देश पुगेका नेपालीको कथा शृंखलाबद्ध रूपमा प्रकाशित गर्ने योजना छ। यस शृंखलाको पहिलो सामग्री–
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
