AnonymousUser

Logout

ईश्वरी न्यौपानेलाई राज्यव्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई सभापति बनाउने निर्णय गरेको हो।

२३ जिल्लामा इलाका प्रशासन कार्यालय खाेल्ने गृहको तयारी

सेवा प्रवाहलाई थप सहज र सरल बनाउन एकै पटक ठूलाे संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको जनाइएको छ।

परराष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता

भेटका क्रममा मन्त्री राणाले नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले आवश्यक सहयोगका लागि भियतनामसँग आग्रह गरेकी छन्।

गणपूरकमै प्रश्न: सांसदलाई विधायिकी काममा छैन रूची

संसद्को मुख्य काम विधि निर्माण भएकाले सांसदहरू सभा र समितिका बैठकमा नियमित उपस्थित हुनुपर्छ। तर सांसदहरू बैठकमा नबस्दा गणपूरक संख्या नपुगेर सभा र समितिका बैठक बारम्बार स्थगित हुन्छन्।

कर्णालीले स्थापना दिवस मनाउँदै, प्रदेशभर सार्वजनिक बिदा

प्रदेश सरकारले बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा शहिद दिवस उत्सवका रूपमा मनाउने तयारी गरेको छ।

गणपूरक संख्या नपुगेपछि लेखा समिति बैठक स्थगित

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत हुने व्यवस्था छ।

सरकारको रुचिका विधेयक ‘फास्ट ट्रयाक’मा, अरू अड्काएको अड्कायै

प्रधानमन्त्रीको चासोको भूमि विधेयक फटाफट पारित गर्ने प्रक्रियामा थियो, यद्यपि अन्तिममा रोकियो। तर विद्यालय शिक्षा विधेयकमा सरकारले चाहेका प्रावधान नराखिँदा लामो समय अड्काइयो। यस्ता उदाहरण धेरै छन्।

कारागारहरूमा देखिएका समस्या समाधान गरिने

आफ्नो जिल्लामा बस्न रुचाउने र अन्यत्र सरुवा नगरिदिन आग्रह गर्ने गरेका कारण कतिपय कारागारमा क्षमताभन्दा धेरै गुणा कैदीहरू रहेका गृहमन्त्री लेखकको भनाइ छ।

तुर्कमेनिस्तान भ्रमणबारे प्रधानमन्त्रीले गराए सदनलाई जानकारी

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले यही साउन २०–२३ मा भएको सो सम्मेलनका लागि आफ्नो नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे जानकारी गराएका हुन्।

भिजिट भिसा प्रकरणः मानव तस्करीको विषय ‘सामसुम’, अनुसन्धान भ्रष्टाचारमा सीमित

अध्यागमनमा छापा मारेपछि अख्तियारले भिजिट भिसा प्रकरणमा शुरू गरेको करिब तीन महिना लामो अनुसन्धान ‘कर्मचारीको भ्रष्टाचार’मा सीमित हुने देखिएको छ, यसको मुख्य विषय मानवतस्करी लगभग सामसुम बनेको छ।

संसद् चलेकै छ, विधेयक अड्किएका अड्कियै

प्रतिनिधिसभाको पाँच वर्षको अवधि आधा बितिसक्दा बजेट सम्बन्धीबाहेक मात्र २४ वटा कानून बनेका छन्। जबकि, संविधान जारी हुँदा तीन वर्षभित्र बनाइसक्ने भनिएका कतिपय कानून लामो समयदेखि संसद्‍मै अल्झिएका छन्।

संसद्‌मा उठ्यो भाषा आयोगको सदस्य नियुक्तिमा भएको गडबडीको विषय

प्रतिनिधिसभा बैठकमा सांसद मनिष झाले मन्त्रिपरिषद्ले भाषा आयोगको सदस्यमा एक जनालाई नियुक्त गरेको तर नियुक्ति भने अर्कैले बुझेर काम गरिरहेको विषयमा संसद्‌को ध्यानाकर्षण गराएका हुन्।

कुलिङ अफ पिरियडसम्बन्धी छानबिन प्रतिवेदन तयार, संसद्‌मा पेश हुँदै

छानबिन समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर तयार पारेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ। प्रतिवेदन मंगलबारको प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी छ।

माओवादी स्थायी समिति बैठकले पारित गर्‍यो २६बुँदे प्रस्ताव

माओवादी केन्द्रको स्थायी समितिको बैठकले समसामयिक राजनीतिक विषयमा २६बुँदे प्रस्ताव पारित गरेको छ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली गए राति त्यसतर्फ प्रस्थान गरेका छन्।

रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता २१ साउनदेखि

असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुने कार्यतालिका छ।

लालवीर चौधरीलाई नागरिक उन्मुक्तिको अध्यक्ष बनाएपछि रञ्जिता भन्छिन्– कानूनी उपचार खोज्छु

नागरिक उन्मुक्तिले पार्टी अध्यक्षमा रेशम चौधरीका बुवा लालवीर चौधरीलाई चयन गरेपछि रञ्जिता श्रेष्ठले यो निर्णयलाई विधान विपरीत भन्दै कानूनी उपचार खोज्ने बताएकी छिन्।

ईन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित

बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन्।

‘संघीयता कार्यान्वयनअघिको बेरुजु फर्छ्यौट गर्न सकिँदैन, विकल्प खोजियोस्’

संविधान कार्यान्वयनपछि धेरै संरचना खारेज भई जिम्मेवारी तल्लो तहमा हस्तान्तरण भए पनि अहिलेसम्म संघीय मन्त्रालयहरूले ती निकायको बेरुजुको भार खेपिरहेकाले यस विषयमा निकास खोज्नुपर्ने सचिवहरूले बताएका छन्।

सांसदको मुख्य जिम्मेवारी कानून बनाउने, तर त्यसैमा चुक्छन्

सांसदहरूले सभामा पेश भएका विधेयक नपढ्ने, एउटा विषयको विधेयकलाई अर्कै ठानेर बोल्ने र पारित विधेयकका प्रावधान नै थाहा नपाउने उदाहरण धेरै छन्। विधि र कानून निर्माणमा किन भइरहेको छ कमजोरी?