AnonymousUser

Logout

संसद् पुगिसकेका विधेयकमा सरकारकै अड्चन

संसदीय समितिले मेहनत गरेर विधेयक टुंग्याएको हुन्छ, सरकारले अन्तिममा फिर्ता लिइदिन्छ। विधेयक फिर्ता लिन पाउने सरकारको अधिकार हो, तर यसले संसद्को समय, लगानी र मेहनत शून्यमा पुर्‍याइदिन्छ।

माधव नेपाललाई ३५ लाख धराैटीमा छाड्न अदालतको आदेश

पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धराैटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ।

माधव नेपालविरुद्धको मुद्दामा थुनछेक बहस सकियो

बुधबार पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो। आदेश आजै आउने तयारी भएको जनाइएको छ।

भिजिट भिसा प्रकरणमा  छानबिन गर्न समिति गठन, प्रतिपक्षी २ दलको असहमति

भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नीतिगत, कानुन र संरचनात्मक सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता गरेबमोजिम समिति गठन गरिएको सरकारले जनाएको छ।

सरकारी जग्गा हडप्ने कुरामा मेरो कहिल्यै समर्थन रहन्नः लेखराज भट्ट

कैलालीको टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गा कब्जा र किनबेच काण्डमा आफू नजोडिएको भट्टको दाबी छ।

प्रतिनिधिसभा बैठक: राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ।

अमरेशले ‘५ वटा जिल्लाबाहेक अरू भाडामा दिए हुन्छ’ भनेपछि संसद्‌मा विवाद

दलीय हिसाबले निर्देशन दिएको भन्दै सांसद सिंहले सभामुख घिमिरेको भूमिकामाथि नै प्रश्न उठाए। सभामुख घिमिरेले विषयमा बोल्न र नबोल्ने भए रोष्ट्रम छोडेर जान निर्देशन दिए।

नागार्जुनका निलम्बित मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति सुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्।

उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग आयोगको परामर्श

प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा आज परामर्श गरेको छ।

संसद्‍मा थरीथरीका विरोध, कति मर्यादित?

रास्वपा सांसदहरूले गत मंगलबार प्रतिनिधिसभा बैठकमा निलो स्कार्फ बाँधेर गएपछि कतिपयले मर्यादाको प्रश्न उठाएका छन्। नाराबाजी, तोडफोड र धक्कामुक्कीसम्म भइरहने संसद्‍मा विरोधको नयाँ शैली अमर्यादित हो त?

सभामुखतिर सोझिएको प्रश्नः प्रतिपक्षीलाई भुईं, सत्तापक्षलाई रोष्ट्रम?

सरकारका काममा प्रश्न उठाएर ‘वेल’ घेराउ र नाराबाजी गर्दा पनि विपक्षी दललाई पेलेर संसद् चलाउने परिपाटी नै बन्न थालेको छ। सभामुख देवराज घिमिरे पछिल्लो उदाहरण बनेका छन्।

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत ल्याएर विजयी हुँदा पौडेलले ७२५ मत पाए। 

प्रतिपक्षीको अवरोध कायम रहेपछि आज पनि बस्न सकेन प्रतिनिधिसभा बैठक

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका छन्।

प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखसहित प्रमुख सचेतकहरूको बैठक

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि दलहरूबीच सहमति जुट्न नसक्दा शुरू हुन सकेको छैन।

पतञ्जलि जग्गा हिनामिना प्रकरण: पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

‘पीडितको विश्वास गुमाएको प्रक्रियाबाट संक्रमणकालीन न्यायले निकास पाउन सक्दैन’

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा हालै गरिएको नियुक्ति विश्वसनीयता आर्जन गर्न विफल भएको २४ मानव अधिकारवादी संस्थाको ठहर छ।

आज पनि बस्न सकेन प्रतिनिधिसभा बैठक

मंगलबार पनि प्रतिपक्षी दलहरूले आफ्नो अडान कायमै राखेपछि बैठक आजका लागि सरेको थियो।

प्रतिनिधिसभाको बैठक २ बजे, सहमतिको प्रयास जारी

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध पार्दै आएका छन्।

संघीय संसद्‌मा बजेटमाथि छलफल शुरू हुँदै, अवरोध गर्ने प्रतिपक्षको तयारी

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्।

‘गणतन्त्रमा होइन अभ्यासमा कमजोरी’

गणतन्त्रलाई सबल र उत्तरदायी बनाउन राजनीतिक नेतृत्वको आचरण, संस्थागत जबाफदेहिता, नागरिक सहभागिता र संवैधानिक मूल्यको सम्मान सुनिश्चित गर्नुपर्नेमा नागरिक अगुवा, प्राज्ञ र राजनीतिज्ञले जोड दिएका छन्।