AnonymousUser

Logout

जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय जनगणना, २०७८ को अन्तिम प्रतिवेदनअनुसार विभिन्न क्लस्टरको प्रतिशत मिलान गर्न निर्वाचन ऐनमा संशोधन गर्ने निर्णय गरेको हो।

ओली तेस्रो पटक एमाले अध्यक्षमा निर्वाचित

ओली एक हजार ६३३ मतसहित तेस्रो पटक एमालेको अध्यक्षमा निर्वाचित हुँदा अर्का प्रत्याशी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे।

एमाले महाधिवेशन मतगणना: अध्यक्षमा ओलीको अग्रता

अध्यक्षमा केपी शर्मा ओलीले १५६ मत ल्याएका छन् भने अर्का उम्मेदवार ईश्वर पोखरेलले ६६ मत प्राप्त गरेका छन्।

एमाले नेतृत्व चयनका लागि मतदान सकियो, खसेन ३६ भोट

नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत बुधबार बिहान सवा ९ बजे शुरू भएको विद्युतीय मतदान बिहीबार बिहान पौने सात बजे सम्पन्न भएको छ।

एमाले निर्वाचन: लाइनमै लागेर मतदान गर्न असहज भएपछि कुपन लागू

बिहानैदेखि घन्टौँसम्म लाइनमा लाग्दा मतदातालाई असहज बनेपछि कुपन वितरण गरिएको हो।

एमाले निर्वाचन

दुवै समूहले सूचि वितरण गर्दा मतदानको समय लम्बिँदै, प्रत्येक १ घन्टामा १०० मात्रै मतदान

मतदाताहरू लाइनमा लाग्दा लाग्दा थाकिएको बताउँछन्। यही गतिमा मतदान हुँदा भोलि बिहान ८ बजेसम्म मात्रै मतदान सकिने आकलन गरिएको छ।

फागुन २१ को निर्वाचनप्रति किन सशंकित छ एमाले?

निर्वाचन आयोगले अघि बढाएको चुनावी प्रक्रियामा सामेल भएपनि एमाले पंक्तिले फागुन २१ को निर्वाचनबारे बाक्लो आशंका व्यक्त गरिरहेको छ। त्यसमा एमालेको रणनीतिक ‘मूभ’ र चुनावी वातावरण बनाउन नसकिरहेको सरकार दुवैको भूमिका छ।

एमाले नेतृत्व चयनका लागि मतदान शुरू

मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै स्थगित गरिएको थियो।

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउने

आयोगले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने गरी आचारसंहिताको प्रस्ताव गरिएको जनाएको छ।

आफू निकट असन्तुष्टलाई फकाउँदै ओली, उम्मेदवार नभएको घोषणा गर्न दबाब

नेता ईश्वर पोखरेलले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएको बेला आफ्नै समूहमा बढेको असन्तुष्टि मत्थर गरेर नजाँदा चुनावी परिणाममा असर पर्ने देखेर ओली समूहले रणनीतिक रूपमा दबाब अभियान चलाएको छ।

एमालेको नयाँ नेतृत्वका लागि आज मतदान: ८० 'ई-भोटिङ मेसिन'को प्रयोग

नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ।

एमाले महाधिवेशनमा उम्मेदवारी शुल्क ५ देखि १५ हजार, फारमको छुट्टै सय रुपैयाँँ

केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएरै प्रतिस्पर्धा गर्ने भएकाले उम्मेदवारको संख्या धेरै हुने देखिएको छ।

एमाले महाधिवेशन: उम्मेदवारी दर्ता शुरू, ओली र पोखरेल समूह पदाधिकारीको टुंगो लगाउनमै व्यस्त

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउँसो २:३० बजे हुनेछ। त्यसपछिको आधा घण्टा उम्मेदवारका विरुद्ध उजुरी दिने समय तोकिएको छ।

एमाले महाधिवेशन

नेता व्यवस्थापनका लागि ३ महिनाअघि पारित विधान उल्ट्याइयो

महाधिवेशनको बन्दसत्र रोकेर बोलाइएको केन्द्रीय कमिटी बैठकमा उठेको विरोधबीच एमाले अध्यक्ष ओलीले तीन महिनाअघि पारित विधान उल्ट्याएर केन्द्रीय कमिटी र पदाधिकारी संख्या थप्ने निर्णय गराएका छन्।

एमालेको विधान संशोधन, पदाधिकारी १९ पुर्‍याइयो

एमालेमा पदाधिकारी १९ सदस्यीय हुने भएको छ। जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने छन्।

एमाले महाधिवेशनः नेतृत्व तहमा धाबा बोल्दै पछिल्लो पुस्ता

पार्टीहरू सुधारको बाटोमा जान्छन् कि उस्तै रहन्छन्? जेन–जी आन्दोलनपछि पहिलो परीक्षाका रूपमा शुरू भएको एमालेको एघारौँ महाधिवेशनमा नेतृत्वदायी पदमा दाबी गरिरहेको नयाँ पुस्ता यसको उत्तर बन्ने छ।

एमालेको ११औँ महाधिवेशन आजदेखि

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गर्ने तयारी छ।

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठसहित)

सहमतिपछि प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुंगाका रूपमा खडा रहने विश्वास व्यक्त गरिन्।

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

निर्वाचन आयोगले मंसिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो।

‘चुनाव नलड्ने मन्त्रिपरिषद्’का मन्त्री कुलमानलाई लागेको चुनाव

सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि ‘चुनाव नलड्ने व्यक्ति’को खोजी गर्दा मन्त्रिपरिषद् विस्तारमा ४४ दिन अलमल भयो। तर कार्की प्रधानमन्त्री भएको तेस्रो दिनमै मन्त्री बनाइएका घिसिङ अहिले चुनावी अभियानमा छन्।