AnonymousUser

Logout

मधेशमा रास्वपाभित्र कलहः पर्साबाहेकका जिल्लामा हुन सकेन अधिवेशन

पर्सामा निर्वाचनका लागि सहमति कायम भएर नेतृत्व छानिए पनि मधेशका अन्य जिल्लामा निर्वाचन नै हुन सकेको छैन। नेतृत्वका आकांक्षी धेरै भएपछि विवाद हुँदा अधिवेशन नै प्रभावित भइरहेको छ।

भान्सामा संकटको जोखिमका दुई कारण: बदलिँदो मौसम र पश्चिम एशिया युद्ध

पश्चिम एशिया युद्धका कारण रासायनिक मल आपूर्ति प्रभावित हुँदा धान उत्पादन घट्ने आकलनकै बीच यो वर्ष मनसुनमा पानी कम पर्ने अनुमान हुँदैछ। यी दुई कारणले कसरी निम्त्याउन सक्छ भान्सामा संकट?

बजेटपछि व्यवसायीमा अन्योल, सर्वसाधारण चिन्तामा

बजेटले शिक्षा, स्वास्थ्य, बिजुलीजस्ता आमनागरिकको जीवनमा प्रत्यक्ष असर पार्ने अत्यावश्यक कुरामा नयाँ कर र शुल्क थपेपछि उपभोक्ता अधिकारकर्मीसमेत चिन्तित छन्।

यताको निजगढ सेलायो, उता रक्सौलमा सुविधासम्पन्न विमानस्थल बन्दै

बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा लगभग पूरै सेलाइसक्यो। बारा, पर्साकै पारिपट्टि रक्सौलमा भने भारतले नेपाली यात्रुलाई केन्द्रमा राखेर सुविधासम्पन्न विमानस्थल बनाइरहेको छ।

यस्तो छ रास्वपा सरकारको पहिलो बजेट

रास्वपा सरकारले ल्याएको २१ खर्ब २४ अर्ब रुपैयाँको पहिलो बजेट ७ प्रतिशतको आर्थिक वृद्धिदर, आईटी क्षेत्रमा नवप्रवर्तन, कर प्रणालीमा सुधार र सुशासन कायम गर्न केन्द्रित रहेको दाबी गरेको छ।

सिप्रदीले हडपेको बल्खु खोला क्षेत्र: खाली गराउला नगरपालिकाले?

सार्वजनिक जग्गाको अतिक्रमण र अनधिकृत बसोबास हटाउन चन्द्रागिरि नगरपालिकाले १५ दिनको समयसीमा तोकेपछि चन्द्रागिरिकै नयाँ नैकापमा सिप्रदी ट्रेडिङले हडपेको बल्खु खोला क्षेत्रको विषय पुनः उठेको छ।

युद्धका कारण रासायनिक मल आयात प्रभावितः खेत हुँदै भान्सासम्म संकटको जोखिम

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल शाखाले नेपालसँग दुई लाख टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको दाबी गरेको छ। तर कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग करिब एक लाख ५६ हजार टन मल मात्र भण्डारणमा छ।

केरामा अचाक्ली मूल्यवृद्धि: तथ्यांक भन्छ– आयात रोकिएकाले होइन

नेपाली बजारमा आयातित केराको हिस्सा १२ प्रतिशत मात्र हो। अर्थात् आयात रोकिँदैमा केराको अस्वाभाविक मूल्यवृद्धि हुन्न। त्यसो भए किसानले प्रतिदर्जन ८५ रुपैयाँमा बेचिरहेको केरा बजारमा ३०० माथि कसरी पुग्यो?

सुपारी, मरिच, केराउजस्तै तस्करीको नयाँ बस्तु खरबुजाको बीउ

कुनै बेला विदेशबाट आयात गरेको लसुन र पोस्तादाना भारततिर चोरी निकासी हुन्थ्यो। त्यसपछि सुपारी, मरिच, केराउ र छोकडा तस्करी भयो। पछिल्लो समय खरबुजाको बीउ आयात गरेर भारततिर अवैध निकासी भइरहेको छ।

नेपालले अस्वीकृत गरेको एसपीपी ब्युँतिन सक्छ?

अमेरिकी रक्षा मन्त्रालयबाट सञ्चालित एसपीपीबाट अलग्गिने निर्णय नेपालले तीन वर्षअघि नै गरेको थियो। तर नयाँ सरकार बन्दै गर्दा नेपालको सहभागिताबारे आशंका गर्न थालिएको छ। के हो एसपीपी, यसले के गर्छ?

निर्वाचनताका बढेको थियो स्मार्टफोनको बिक्री, आयात १५ प्रतिशतले वृद्धि

प्रायः दशैँतिहारको समयमा बढ्ने स्मार्टफोनको बिक्री गत निर्वाचनअघि पनि ह्वात्तै बढेको थियो। निर्वाचनअघि के कारणले स्मार्टफोनको बिक्री बढ्यो? निर्वाचनपछिको अवस्था के छ त?

कस्तो छ ‘बालेन सरकार’ पर्खिरहेको नेपालको अर्थतन्त्र?

सन् २०२५ मा नेपालको अर्थतन्त्रको आकार करिब साढे ४५ अर्ब अमेरिकी डलर हुने आकलन छ। यो आकार पाँचदेखि सात वर्षमा दोब्बरभन्दा ठूलो बनाउने रास्वपाको ‘वाचा’ छ। वाचा पूरा गर्न अबको सरकारका चुनौती कस्ता छन्?

सन्तानको भविष्य सम्झेर मतदान गर्न पुगेका हजुरबा–हजुरआमा

देशको राजनीतिले विरक्त बनाए पनि ८६ वर्षीय वेदबहादुर खड्का सन्तानको जीवन राम्रो हुन्छ कि भन्ने आशा बोकी नातिसँग भोट दिन बिहानै मतदानस्थलमा आइपुगे।

दलितको भोट चल्छ, मुद्दा बोक्दैनन्

चुनावमा भोट माग्न आउने उम्मेदवार दलित बस्तीको समस्या सुन्न फेरि फर्किएर आउँदैनन्। जितेर जानेले पनि राज्यका निकायलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा हुने विभेद न्यूनीकरणका लागि कुनै पहल गर्दैनन्।

यसरी उल्टियो काठमाडौँका नदी दायाँ–बायाँ थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला

सर्वोच्चको २०८० पुसको फैसलाबाट उपत्यकाका १९ वटा खोलाको दायाँबायाँ आठ हजार ३०४ घरटहरा हटाउँदा ४२ हजार नागरिक प्रभावित हुने भन्दै सरकारले नै पुनरवलोकनको निवेदन दिएको थियो।

तत्कालीन मन्त्री खरेलले गोरखापत्रका अध्यक्षलाई दिएको नियुक्तिपत्रमा झेल

मन्त्रिपरिषद् बैठकले गोविन्दप्रसाद भण्डारीलाई गोरखापत्रको 'अध्यक्ष' नियुक्त गर्ने निर्णय गरे पनि तत्कालीन मन्त्री जगदीश खरेलले त्यसविपरीत सेवासुविधा र अधिकार हुने गरी नियुक्तिपत्र थमाएको खुलेको छ।

मधेशका स्थानीय कार्यकर्ता: कोही किन फेर्छ दल?

चुनाव नजिकिँदै जाँदा मधेशका जिल्लामा पार्टी प्रवेशको लहर नै चलेको छ। पार्टी फेर्नेहरूको गतिविधि स्वार्थका कारण भएजस्तो देखिए पनि यो दलीय राजनीतिमा विचारको क्षयीकरणको उपज भएको विश्लेषक बताउँछन्।

भारतीय नम्बरका गाडी अस्थायी प्रवेशको कानूनमै व्यवस्था, निर्वाचन प्रयोगमा निषेध

विदेशी नम्बर प्लेटका गाडी अस्थायी रूपमा नेपाल भित्र्याउन ऐनले नै व्यवस्था गरिदिएको छ। तर उम्मेदवारले निर्वाचन प्रयोजनका लागि भारतीयसहित कुनै पनि विदेशी नम्बरका गाडी प्रयोग गर्न पाइँदैन।

दशकौँदेखि थाती छन् मधेशका समस्या, फेरि निर्वाचन पर्खिंदै मतदाता

मधेशमा २०४८ सालको आमनिर्वाचनदेखि उठिरहेका मुद्दा तीन दशकपछि पनि यथावत छन्। बेरोजगारी, गरिबी, अशिक्षाजस्ता सवाल छाडेर उम्मेदवारहरू एक–अर्काका व्यक्तिगत विषयमा केन्द्रित भएका छन्।

सरकारकै निर्णय उल्ट्याउँदै खरेलले यसरी बनाएका थिए भण्डारीलाई गोरखापत्रको अध्यक्ष

तत्कालीन सञ्चारमन्त्री जगदीश खरेलले जाँदाजाँदै गोरखापत्र संस्थानमा विवाद रोपिदिएका छन्। अध्यक्षमा अखण्ड भण्डारीको नियुक्तिपछि कार्यकक्षअगाडि ‘कार्यकारी’ शब्द हटाइए पनि नियुक्तिपत्रको पेटबोलीमा सो शब्द थपिएको छ।