AnonymousUser

Logout

पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै सहमत, संसद्‌बारे पुनः छलफल

शीतलनिवासमा बिहीबार रातिसम्म राष्ट्रपति पौडेलले गरेको कानूनी तथा राजनीतिक परामर्शपछि पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकार प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ। संसद् विघटनबारे भने टुंगो लागेको छैन।

शीतलनिवासमा राष्ट्रपतिः बिहीबार रातिसम्म कानूनी र राजनीतिक परामर्श

राष्ट्रपति पौडेलले शीतलनिवासमा बिहीबार रातिसम्म कानूनी तथा राजनीतिक परामर्श गरेपछि आन्दोलनकारीको मागबमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकार प्रमुख नियुक्त गर्ने तयारी गरेका छन्।

एमालेको वक्तव्य– संवाद शुरू गर्न राष्ट्रपतिलाई आग्रह

नेकपा (एमाले)ले संविधानको मर्मअनुरूप सार्थक संवाद शुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पाैडेललाई आग्रह गरेको छ।

राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका हुन्।

छोराछोरीले नै माग्न थाले राजनीतिमा लागेका बाबुआमाको राजीनामा

राजनीतिमा लागेर सार्वजनिक तथा पार्टीको पदमा बसेका बाबुआमाको राजीनामा माग्दै छोराछोरीले नै सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्। एमाले र कांग्रेसबाट राजीनामा घोषणा गर्ने पनि उल्लेख्य छन्।

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै​​​​​​​ राजीनामा दिएको उनका प्रेस संयोजक प्रकाश सिलवालले बताए।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले यस विषम परिस्थितिमा संयम रहन सबैप्रति अनुरोधसमेत गरेका छन्।

कृषिमन्त्री अधिकारीद्वारा राजीनामाको घोषणा

केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट १० मन्त्री रहेकोमा गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिइसकेका छन्।

राजनीतिक प्रस्ताव लेखनका लागि एमालेले बनायो ७ सदस्यीय समिति

एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव लेखनका लागि पार्टीका सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ।

संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडाको चयन

संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन्।

मनाङमा पनि कात्तिक १७ गते उपनिवार्चन

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्य तालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको छ।

गणपूरक संख्या नपुग्दा पशु चिकित्सा विधेयक अगाडि बढेन

गणपूरक संख्या यकिन गर्दा ४९ जना मात्रै उपस्थित भएका कारण सो प्रस्ताव स्वीकृत हुन सकेन।

नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले सो प्रस्ताव पेस गरेका थिए।

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा परेको रिट निवेदन पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

विधेयकको व्यवस्थाअनुसार अब ऐन प्रारम्भ भएको वर्ष ५८, दोस्रो आर्थिक वर्षमा ५९ वर्ष र तेस्रो आर्थिक वर्षदेखि ६० वर्षको अनिवार्य अवकाश उमेर हद लागू हुनेछ।

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

उच्चस्तरीय भ्रमणको आदानप्रदान र शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ।

गण्डकी प्रदेशसभाबाट ‘दलित अधिकार तथा सशक्तीकरण ऐन २०८२’ सर्वसम्मत पारित

यसअघि २०८१ चैत १५ गते उक्त विधेयक सामाजिक विकास तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको थियो।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ।

भदौ १९ गते निजामती विधेयक पारित गर्ने

प्रशासनिक संघीयता कार्यान्वयनका सम्बन्धमा महत्त्वपूर्ण मानिएको निजामती विधेयकलाई पारित गर्ने कार्य यस अधिवेशनको महत्त्वपूर्ण कार्य हो।​​​​​​​​​​​​​​​​​​​​​

मन्त्रिपरिषद् निर्णय: सामाजिक सञ्जाल दर्ता गर्न ७ दिनको समयसीमा, केबलकारलाई राष्ट्रिय प्राथमिकता

सूचीकरणका लागि ७ दिनभित्र सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रय गराउने मन्त्रिपरिषद्‍ले निर्णय गरेको छ।