AnonymousUser

Logout

देशलाई चाहिने मानविकी र समाजविज्ञानको पढाइ, त्यसमै घट्दै विद्यार्थीको आकर्षण

हाम्रा विकास नीति–योजनादेखि कैयौँ कुरा प्रभावकारी हुन नसक्नुको एउटा प्रमुख कारण मानिस अर्थात् समाजसँग टाढिनु पनि हो। त्यसमै बाटो देखाउने मानविकी र समाजविज्ञान पढाइमा किन आकर्षण घटिरहेछ?

सन्दर्भ: अन्तर्राष्ट्रिय नारी दिवस

मातृत्वलाई कमजोरी ठानिनन्, बरु शक्तिमा बदलिन्

चुनावी मैदानमा होमिँदा आठ महिनाकी गर्भवती रञ्जु मतदानको १० दिनअघि आमा बनेकी थिइन्। १० दिनको शिशु बोकेर मतदान गरेकी उनी त्यसको भोलिपल्ट काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइन्।

शान्तप्रसाद: जसले पहिलो संसदीय चुनावमा मत दिए, पछि मतदान गराउन आफैँ खटिए

२०१५ सालमा पहिलो पटक मतदान गरेका शान्तप्रसाद पछिल्ला चुनावहरूमा भने निर्वाचन अधिकृतका रूपमा मतदान गराउन खटिए। प्रजातन्त्र, पञ्चायतदेखि गणतन्त्रसम्मको राजनीतिक यात्रामा उनी नेताहरूको निष्ठा र नेतृत्वमा आएको फेरबदलका साक्षी बने।

शनिबारे महोत्सवले बदलेको पहिचान : गृहिणी होइन, उद्यमी

हरेक शनिबार हाँडीगाउँ र टोखामा हुने सडक नेवाः खाजा महोत्सवले स्थानीय महिलामा उद्यमशीलताको नयाँ बाटोसँगै नयाँ परिचय मात्र दिएको छैन, आर्थिक स्वतन्त्रतामा पनि टेवा पुर्‍याएको छ।

‘ट्राफिक आइल्यान्ड’ बनिरहेको टुँडिखेल, सभा र समारोहले बिथोलिन्छ सडक

काठमाडौँमा हरेक दिन गुड्नेमध्ये ६० प्रतिशत सार्वजनिक सवारी साधन टुँडिखेल वरिपरि हुँदै गन्तव्यमा पुग्छन्, तर त्यही क्षेत्रमा धेरै ट्राफिक जाम हुँदा सर्वसाधारणले हैरानी बेहोर्नुपर्छ।

जयबागेश्वरी र हाडीगाउँको ‘रूप बदल्न’ १८ करोड खर्च गरिँदै, कति सम्पदामैत्री र व्यावहारिक?

काठमाडौँ महानगर जयबागेश्वरी र हाडीगाउँमा १८ करोड ४९ लाख खर्च गरेर बस्तीलाई ‘मौलिक स्वरूप दिने’ मास्टरप्लान कार्यान्वयनमा जुटिरहँदा यसको सम्पदामैत्री पाटो र स्थानीयलाई कति व्यावहारिक हुन्छ भन्ने प्रश्न यथावत् छन्।

सम्झनामा ट्रलीबसः अझै छ सञ्चालनको सम्भावना?

५० वर्षअघि सञ्चालनमा आएको ट्रलीबस ३५ वर्षसम्म सेवा दिएर बन्द भयो। अबको पुस्ताले जीर्ण भएर राखिएका ट्रलीबस र ठाउँठाउँ रहेका अवशेष मात्र देख्न सक्छन्। के अझै सञ्चालनको सम्भावना छ?

पानीदेखि प्राणी प्रणाली बुझाउने हिटी कला प्रदर्शनी

हिटी प्रणाली कला प्रदर्शनीले कथा, किंवदन्ती र विज्ञान–प्रविधि हुँदै कलाकारका क्यानभासमार्फत हिटीको महत्त्व, सामाजिक जीवन र यसको वर्तमान अवस्थाका विविध पाटोलाई उजागर गरेको छ।

जनप्रतिनिधि रिक्त भएका स्थानीय तहमा अब सम्भव छ उपनिर्वाचन?

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि मात्र स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन घोषणा भए मतदान मिति पछि सर्छ र नयाँ जनप्रनिनिधिको पदावधि एक वर्षभन्दा कम बाँकी हुन्छ, सम्भव होला त उपनिर्वाचन?

यसरी प्लास्टिकमुक्त बन्दैछ धनगढी उपमहानगर

तीन वर्षअघि प्लास्टिकमुक्त घोषणा भएको धनगढी उपमहानगरले ४० माइक्रोनभन्दा कमका प्लास्टिकको प्रयोग निषेध गरेको छ। यद्यपि, चाउचाउ, गुट्खाका खोल र डेरी तथा मासुजन्य सामग्रीको विकल्प नहुँदा स्थानीयले प्रश्न उठाइरहेका छन्।

जेम्स क्यामरुनको अवतार: पोस्टमोडर्न मिथक, एआई अस्वीकार

कथा वाचनशैलीबारे चर्चा र आलोचना जे-जस्तो भए पनि ‘अवतार’ प्राविधिक पाटोमा अब्बल छ। १६ वर्षअघि फिल्ममा सीजीआई र थ्रिडी प्रविधि अभ्यस्त गराएका निर्देशकले एआई युगमा यसको प्रयोग भने अस्वीकार गरेका छन्।

थालियो श्रीमहल पुनर्निर्माण, खुशी छैनन् सम्पदाविद्

भूकम्पले जीर्ण बनाएको श्रीमहलको पुनर्निर्माण १० वर्षपछि शुरू गरिँदा सम्पदा तथा संरक्षणविद्हरू भने असन्तुष्ट छन्। पुरातात्त्विक संरचनाको प्रबलीकरण नगरी राज्य किन पुनर्निर्माणमा जोड दिइरहेको छ?

पञ्चायतदेखि बालेनसम्मले प्रयोगशाला बनाएको खुलामञ्च: खुला रहनेमै संशय

प्रजातन्त्रको बिगुल फुक्ने खुलामञ्च पञ्चायतदेखि खण्डीकरण हुँदै गयो, पछि स्थानीय सरकारहरूले नै खुला रहन दिएनन्। अहिलेका मेयर बालेनले ‘खुला रहने’ घोषणा गरे पनि उनकै गतिविधिबाट अभियन्ता सशंकित छन्।

शिलालेख देखाउनू श्यामसुन्दरलाई

श्यामसुन्दरलाई लिपि अध्ययन निकै निरस विषय लाग्थ्यो, तर त्यही जागिरमा उनले ३५ वर्ष बिताए। अवकाशपछि लिपिकै विषयमा विद्यावारिधि पनि टुंग्याए, जुन पूरा गर्न उनलाई १४ वर्ष लाग्यो।

‘केअस’ : राजनीतिक अराजकतामाथिको व्यंग्य

लामो समयदेखि अस्थिर राजनीतिक व्यवस्था र त्यसले निम्त्याएको अराजक परिस्थितिको डार्क कमेडी एवं प्रतीकात्मक प्रस्तुति हो, नाटक ‘केअस’।

फिर्ता आएका मूर्ति पुनर्स्थापनामा कतै उत्साह, कहीँ अन्योल किन?

मूर्ति पुनर्स्थापनाका विषयमा कुनै समुदायमा देखिएको उत्सुकता र कतै देखिएको अन्योललाई समुदायको परिवर्तित मूल्यमान्यता र अपनत्वको भावनाले प्रभाव पारेको विज्ञहरू बताउँछन्।

ललितपुर महानगर: कस्तो बन्ला रचनात्मक सांगीतिक शहर?

वर्षभरि जात्रा र बाजाले गुञ्जायमान हुने ललितपुर महानगरलाई युनेस्कोले ‘युनेस्को रचनात्मक सांगीतिक शहर’का रूपमा पहिचान गरेको छ। युनेस्को रचनात्मक सांगीतिक शहर के हो र महानगरको योजना कस्तो छ?

युरोप–एशियाका २५ फिल्म : स्मृति, आशा अनि साझा सिनेमा–भाषाको प्रतिविम्ब

फरक भूगोल र पृष्ठभूमि भए पनि, १४औँ युरोपेली संघ चलचित्र महोत्सवमा प्रदर्शन भइरहेका युरोप र एशियाली फिल्महरूले मानवीय संवेदनशीलताका साझा कथालाई प्रतिबिम्बित गरेका छन्।

के मतदाता नामावलीमा दर्ता हुनासाथ मतदान गर्न पाइन्छ?

१६ वर्ष पुगेसँगै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न पाइन्छ। तर निर्वाचन आयोगले १८ वर्ष पुगेका मतदाताको मात्र अन्तिम नामावली प्रकाशित गर्छ। कसरी हुन्छ नाम दर्ता?

कपाल काट्न हिँडेका गणपतिलाल अनि चप्पलमै प्रधानमन्त्री कार्यालय पुगे

जेन–जी आन्दोलनपछि सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठलाई संस्कृतिमन्त्री बनाउन प्रस्ताव भयो। तर शपथको दिन अचानक भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने भनिएपछि उनले पद अस्वीकार गरे।