AnonymousUser

Logout

मधेशमा चुनावी मुद्दाः मिटरब्याजको विषय ओझेलमा

मधेशमा मिटरब्याजका कारण पीडित बनेकाहरूले काठमाडौँ आएरै धेरैपटक आन्दोलन गरिसके, तर आमनिर्वाचनको मुखमा मधेशकै उम्मेदवारहरू यसबारे नबोल्दा पीडितहरू निराश छन्।

शरतसिंह भण्डारीः सदाबहार उम्मेदवार, जितेपछि जहिल्यै मन्त्री

पहिलोपटक २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जित्दा नै शरतसिंह भण्डारी मन्त्री भएका थिए। त्यसयता अहिले १०औँ पटक उम्मेदवार बनेका छन् र दुईपटक मात्र पराजित भएका छन्।

पटकपटक फुटेको जसपाको चुनावलक्षित एकता, संशयमा मतदाता

उपेन्द्र यादव नेतृत्वको जसपामा महन्थ ठाकुर नेतृत्वको लोसपा मिसिएको भोलिपल्ट अशोक राई नेतृत्वको जसपा नेपालबाट उपाध्यक्ष रेणु यादवसहितका नेता पनि एकतामा गए। के अब चुनावमा जसपा ‘कम ब्याक’ होला?

गगन थापाले एसएलसी दिँदादेखि नै उम्मेदवार बनेका कांग्रेसका यी नेता

प्रजातन्त्र पुनर्स्थापनापछि भएको पहिलो निर्वाचनको ३४ वर्ष बित्दा संविधानसभा समेत गरी आठौँ निर्वाचन हुँदैछ र कांग्रेसबाट त्यस बेलादेखिका सदाबहार उम्मेदवार पनि छन्। किन हुन्छ उम्मेदवार बन्न मरिहत्ते?

मधेशमा बालेन ‘क्रेज’: अब की बार, बालेन सरकार

मधेशका कतिपय जिल्लामा बालेनलाई ‘भावी प्रधानमन्त्री’का रूपमा भित्तामा ब्यानर राख्न थालिएको छ। यस्तो क्रेज देखिनुको मुख्य कारण पहिलोपटक मधेशी मूलका प्रधानमन्त्री देख्ने चाहना भएको स्थानीय बताउँछन्।

प्रवासी र बेजिल्ला मताधिकारः प्रधानमन्त्री कार्यालयमा थन्कियो अध्यादेशको मस्यौदा

प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले अध्यादेशको मस्यौदा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको १५ दिन भइसकेको छ, तर मन्त्रिपरिषद् बैठकमा पेस नहुँदा अध्यादेश जारी हुन सकेको छैन।

बालेन–रवि सहमतिमा नपरेको जेन–जी सम्झौताः तीन महिनाको त्यो पर्खाइ, कसले गर्छ कार्यान्वयन?

जेन–जी आन्दोलनको ‘स्टेकहोल्डर’ आफूहरु नै भएको सन्देश दिनेगरी बालेन–रबि–कुलमानले गरेको सहमतिमा जेन–जी र सरकारबीचको सम्झौताबारे केही उल्लेख छैन। सम्झौतासम्म पुग्न चलेको तीन महिना लामो त्यो रस्साकस्सीः

रास्वपाको मोर्चाबन्दीपछि धमाधम मिल्दै अरू दल

रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङले फागुन २१ को निर्वाचनलक्षित मोर्चाबन्दी गरेपछि असुरक्षित महसुस गरेर अरू दल पनि एकापसमा गाभिन थालेका छन्। मधेशकेन्द्रित दलमा यसको तरंग तीव्र देखिन्छ।

दलीय राजनीतिमा आउन केले ‘ट्रिगर’ गर्‍यो बालेनलाई?

नयाँ दल दर्ता गर्ने अन्तिम मिति कात्तिक ३० गतेसम्म बालेनले दल दर्ताको चासो राखेनन्, तर पुस ९ गतेदेखि म्याराथन भेटघाट गरेका उनी अकस्मात दलीय राजनीतिमा आउन किन प्रेरित भए?

मधेशमा महिला हिंसाः न्यायमा किन सधैँ अवरोध?

मधेशमा पटकपटक घरैमा महिला मृत भेटिने र अनुसन्धान प्रक्रिया गोलमटोल चल्ने गरेको छ। अढाई वर्षअघि मृत भेटिएकी आरती साहको त अस्पतालले नै गलत पोष्टमार्टम रिपोर्ट दिएको प्रमाणित भएको थियो।

जेन–जी अगुवाहरू कसरी जाँदैछन् चुनावमा?

जेन–जी आन्दोलनपछि चर्चामा आएका कोही शर्त राखेर चुनावै हुन नदिने भनिरहेका छन्, कोही लोकतन्त्रमा चुनावको विरोध गर्न नसकिने भनिरहेछन्। फरक विचारधाराका जेन–जी अगुवाहरूको अबको कार्यदिशा के छ त?

विवादै विवादको घेरामा कार्की सरकार

प्रधानमन्त्रीले मन्त्रीका लागि छानेका नामबाट शुरू हुन थालेको विवाद प्रमुख स्वकीय सचिवले श्रीमती र नातेदारलाई सचिवालयमा नियुक्ति गरेको खबरसँगै सुशीला कार्कीविरुद्धै प्रश्न उठ्न थालेको छ।

‘विशेष सुरक्षा योजना’को नाममा भएका व्यक्तिहत्याः सर्वोच्चको परमादेशपछि के हुँदैछ अनुसन्धान?

मधेशका जिल्लामा तत्कालीन सरकारले लागू गरेको ‘विशेष सुरक्षा योजना’अन्तर्गत मारिएका करिब चार सय व्यक्तिबारे अनुसन्धान गर्न सर्वोच्चले १४ वर्षपछि परमादेश दिएसँगै पीडित–सरोकारवालामा सत्य खुल्ने आशा जागेको छ।

सुदन गुरूङको सक्रियताः अन्तरिम सरकारका लागि पहिले ‘हिरो’, अहिले ‘भिलेन’

आफ्नो शपथग्रहण समारोहमा सुदन र उनको समूहसँग हात उठाएर फोटो खिचाएकी र खुट्टासमेत ढोग्न लगाएकी प्रधानमन्त्री सुशीला कार्की अहिले उनलाई भेट्नसमेत किन असहज मान्छिन्?

एनपीएल अनियमितताः दोस्रो सिजन शुरू हुनलाग्दा पहिलो सिजनकै हिसाब अनुमोदन भएन

सोमबारदेखि एनपीएलको दोस्रो सिजन शुरू हुँदैगर्दा पहिलो सिजनकै हिसाबकिताब क्यानले सार्वजनिक गरेको छैन। सचिव पारस खड्काको विधिभन्दा बाहिर रहने रुचिले यो अवस्था आएको क्यानकै पदाधिकारी बताउँछन्।

एनपीएलः दोस्रो सिजन शुरू हुँदानहुँदै फेरि अपारदर्शी खेल

एनपीएलको पहिलो सिजनको ‘ब्लकबस्टर’ सफलतालाई प्रतियोगिता सकिएसँगै क्रमशः उजागर त्यसभित्रका अपारदर्शी खेलले खल्लो बनाए। दोस्रो सिजन शुरू हुँदानहुँदै फेरि त्यस्तै खेल दोहोरिँदै गरेका तथ्य बाहिर आउँदै छन्।

दल दर्ता गर्ने तयारीमा कुलमान

ओली नेतृत्वको तत्कालीन सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेसँगै कुलमान राजनीतिमा छिर्न सक्रिय थिए। देश दौडाहा मात्र नगरी उनी नेपाली बाक्लै रहेका खाडीसहितका देश पनि पुगेका थिए।

विवादै विवाद, उन्मुक्ति नै उन्मुक्ति

सुशासन र  भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनपछि नयाँ सरकारले आकार लिइरहेको बेला नेवानिका कार्यकारी अध्यक्ष भने 'अशुली धन्दा' चलाइरहेका थिए। अवकाशको समय आए पनि अझै उनी कार्यकाल लम्ब्याउने कसरतमा छन्।

मधेश केन्द्रित दलः एकताभन्दा फुटको लामो इतिहास

गजेन्द्रनारायण सिंहले २०४७ सालमा सद्भावना पार्टी स्थापना गरेर मधेश केन्द्रित राजनीति अघि बढाए, तर टुटफुटले सद्भावनासहित मधेश केन्द्रित दल छिन्नभिन्न भइरहे। त्यसको पछिल्लो उदाहरण बनेको छ जनमत पार्टी।

सामाजिक सञ्जालमा बदलिएका बालेनः सकारात्मक पोस्टमा पनि किन भइरहेछ आलोचना?

असोज ५ यता शनिबार र दशैँको बिदाबाहेकका १६ दिनमा बालेन शाहले १५ दिन सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनका अधिकांश पोस्टमा महानगरका कामबारे उल्लेख छ।