सहमति नजुटे विशेष पक्षधर नेता केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने र आजै बन्द सत्रको बाँकी काम सकेर नेतृत्व चयनको प्रक्रियामा अगाडी बढ्ने छन्।
काठमाडौँ– नेपाली कांग्रेसमा चुलिएको विवाद समाधानका लागि दुई पक्षबीच वार्ता शुरू भएको छ। सभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा वार्ता जारी छ। संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक अगाडी वार्ता भइरहेको हो।
देउवासँग वार्ता गर्न विशेष महाधिवेशन पक्षका नेता बिहानै देउवा निवास पुगेका हुन्। विशेष महाधिवेशन पक्षले बनाएको वार्ता टोलीसँग देउवाको छलफल भइरहेको उनको सचिवालयले जनाएको छ। विशेष महाधिवेशन गरिरहेका गगन-विश्व समूहबाट नेताहरू प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य देउवासँगको वार्तामा सहभागी छन् ।
वार्ता समितिले महाधिवेशनको बन्द सत्रले अगाडी सारेका प्रस्तावलगायत विषयमा देउवासँग छलफल गरेको हो। सहमति नजुटे विशेष पक्षधर नेता केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने र आजै बन्द सत्रको बाँकी काम सकेर नेतृत्व चयनको प्रक्रियामा अगाडी बढ्ने छन्।
विशेष महाधिवेशन पक्षधर वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिएर त्यहाँ पारित भएका विषय कार्यान्वयन हुनुपर्ने मुख्य माग रहेको छ। जेन–जी आन्दोलनपछि सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएका थिए।
पछिल्लो समय देउवा नै सक्रिय भएपछि त्यसले झन् समस्या ल्याएको भन्दै विशेष पक्षले पूर्ण रूपमा खड्काले कार्यवाहकको रूपमा काम गर्न पाउनुपर्ने अडान पनि अगाडी सारेको छ। राष्ट्रियसभा सदस्यमा एमालेलगायत दलसित चुनावी तालमेल गरेको कांग्रेसले आगामी चुनावमा गठबन्धन गर्न नहुने माग पनि रहेको छ।
ललितपुरको गोदावरीमा सम्पन्न कांग्रेस महासमिति बैठकले कसैसँग चुनावी तालमेल नगर्ने प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्तावको कार्यान्वयन हुनुपर्ने माग पनि विशेष पक्षको छ।
“नेतृत्वले महाधिवेशन हलले पारित गरेको निर्णय कार्यान्वयन गर्दै अपनत्व लियो भने त्यसैअनुसार बन्द सत्र समापन हुन्छ र हामी केन्द्रीय समिति बैठकमा पनि जान्छौँ। हैन पेलेरै जाने र जबरजस्ती गर्ने काम भयो भने हलले नेतृत्व चयन गरेर जान्छ,” विशेष पक्षधर एक नेताले भने।
देउवानिकट एक नेताले सबै कुरा विशेष पक्षधरले भनेकै मानेर मात्रै सहमति नहुने भन्दै दुवै पक्षका कुरा एक ठाउँमा राखेर सहमति खोज्ने प्रयास भइरहेको बताए। सोमबार बिहानैदेखि नेताहरूले छलफल र संवाद अगाडी बढाएका थिए।
सभापति देउवालाई भेटेर नेताहरूले पार्टी विभाजनको अवस्था आउन लागेको भन्दै समाधानका लागि गम्भीर हुन आग्रह गरेका थिए। देउवाले आफूनिकट नेतादेखि नेता शेखर कोइराला लगायतसँग पनि छलफल गरेका थिए।
भृकुटीमण्डपमा सोमबार शुरू भएको बन्दसत्र आज पनि जारी छ। पहिलो दिन नौ वटा समूह बनाएर छलफल गरिएको थियो। ती समूहले महामन्त्रीद्वयको प्रतिवेदनमाथि छलफल गरेर पेस गर्ने कार्यक्रम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
