हुलाक विभागद्वारा लागु गरिएका विभिन्न मापदण्ड सबैभन्दा पहिले पूरा गरी जिल्ला हुलाक कार्यालय गोरखा सर्वोत्कृष्ट बन्न सफल भएको हो।
देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न पार्टी एकीकरण गर्ने निर्णय गरिएको अध्यक्षद्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले मलंगवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो. ईशा मिक्रानीलाई पक्राउ गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा आगो ताप्ने, हिटर वा गिजरजस्ता उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।
सर्वोच्च अदालतले विचाराधीन मुद्दाहरूको हदम्याद, तारेख र म्याद थपका लागि अनुमति दिने निर्णय गरेसँगै सेवाग्राहीले आगामी पुस मसान्तसम्म मुद्दाको हदम्याद, तारेख र म्याद थाम्न पाउने छन्।
आयोगमा एक सय राजनीतिक दलले ९३ वटा चुनाव चिह्नमार्फत समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन दल दर्ता गराएका छन्। दलहरूले सोमबारसम्म आफ्ना उम्मेदवारको बन्दसूची पेश गर्न पाउने व्यवस्था छ।
सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म रहने अभ्यास भए तापनि उपसभामुख रानाले सो समयअगावै आइतबार पदबाट राजीनामा दिएकी छन्।
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता, २०८२’ स्वीकृत गरी सार्वजनिक गरेको छ। आचारसंहिता माघ पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ।
बाढीका कारण विगत ६ महिनादेखि अवरुद्ध रसुवागढी नाकामा बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आइतबारदेखि सवारी आवागमन पुनः सञ्चालन भएको छ।
प्रहरीले ठगीको आरोपमा क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष, चिनियाँ नागरिक चेन मिन चिङलाई पक्राउ गरेको छ।
चिसोले जनजीवन प्रभावित भएपछि महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्।
पछिल्लो एक वर्षमा पश्चिमी सीमानाका गड्डाचौकी तथा आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा परेका २०९ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको छ।
सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
पुसभित्रै बाली लगाउन नसके जग्गा ६ महिना बाँझो रहने र माटो रुखो हुने डरले दिनरात नभनी उखु व्यवस्थापनमा जुट्नुपरेको किसान जगन्नाथ महतोको भनाइ छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सवा नौ लाख नयाँ मतदाता थपिएको जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
प्रभु बैंक घोटालामा अनुसन्धान गरिरहेको सीआईबीले हिरासतमा राख्न माग गरे पनि सरकारी वकिलको कार्यालयले ‘बयान सकिएको र स्वास्थ्य कमजोर रहेको’ जिकिर गर्दै सीईओ अशोक शेरचनसहितका आरोपितलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेको छ।
'जेनजी आन्दोलन'को मौका छोपी कारागारबाट फरार भएका एक कैदीको भारतमा मृत्यु भएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ।
मेयर सुरत केसीका अनुसार भौगोलिक रूपमै साँघुरो शहर बेनीका लागि कडा कानूनी प्रावधानले ल्यान्डफिल साइट पाउनै मुस्किल बनाएको छ। संघ, प्रदेश र यूएनडीपीले समेत रकम सुनिश्चित गर्छन्, तर जग्गा नपाउँदा र खर्च गर्न सक्दा बजेट फिर्ता हुने गरेको छ।