AnonymousUser

Logout

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ।

चिसोले सिरहाको जनजीवन प्रभावित

चिसोको प्रभाव बढ्दै गएपछि लहान नगरपालिकाले बजार क्षेत्रका विभिन्न चोकमा दाउरा बाल्ने व्यवस्था गरेको छ।

आईजीपीको रूखो शैलीः अपराधको दोष नागरिकमाथि

जेन–जी आन्दोलनका बेला कतिपय ठाउँमा कर्तव्य छाडेर भाग्नुपर्ने अवस्थामा पुगेको प्रहरीको मनोबल उकास्ने योजना ल्याउनुको सट्टा आईजीपी दानबहादुर कार्की उल्टै नागरिकको विश्वास बिथोल्ने अभिव्यक्ति दिइरहेका छन्।

धुलिखेल–खावा सडकमा धमाधम काम [तस्वीरहरू]

दैनिक १०० जनाभन्दा बढी मजदुरले काम गरिरहेका छन्। १४ महिनाको ठेक्का समय रहेको छ। तर समयअघि नै सक्ने लक्ष्य छ।

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लम्बाइको पुलको ठेक्का २०७५ पुसमा लागेको थियो। सम्झौताअनुसार २०७८ पुसमा सम्पन्न गर्नुपर्ने थियो।

यात्रुलाई दुर्व्यवहार गर्ने ट्याक्सी चालकलाई पोखरा विमानस्थल प्रवेशमा रोक

कार्यालयले विमानस्थलबाट सेवा दिने सबै चालकहरूलाई यात्रुसँग नम्र, सभ्य र शालीन व्यवहार गर्न सचेत गराएको छ। अन्यथा, कानूनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

दाउन्नेमा वन कार्यालयले भत्कायो अतिक्रमण गरी बनाइएका १४ संरचना

डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार वन र सडक क्षेत्र मिचेर बसोबास गर्दै आएका १२ जनाले निर्माण गरेका घरटहरा मंगलबार भत्काइएको हो।

धनगढीमा पाँचतारे होटल सञ्चालन हुँदै, ‘होलिडे इन’सँग व्यवस्थापन सम्झौता

धनगढीमा पाँचतारे होटल सञ्चालनका लागि क्लब चौलानी र आईएचजी होटल्स एन्ड रिसोर्टबीच व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा एसएसपी गिरीविरुद्ध मुद्दा दायर

अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सरकार र मुख्य दलबीच निर्वाचन सफल बनाउने समझदारी

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको वातावरण बनाउन सरकार र प्रमुख राजनीतिक दलहरूबीच विस्तृत छलफल प्रधानमन्त्री निवास बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ।

पूर्वगृहसचिव दुवाडीसहित ३ जनाको ‘स्थानहद’ फुकुवा

भदौ २३ र २४ को घटना छानबिनका लागि गठित आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित तीन अधिकारीमाथि लगाइएको विदेश भ्रमण रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी तोकिएको ‘स्थानहद’ फुकुवा गरेको छ।

डडेल्धुराको लेकुडा गाउँमा खम्बा गाडिए, पुगेन बिजुली

चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढ्दा गाउँमा गाडिएका बिजुलीका खम्बाहरू हाल कपडा सुकाउने र घाँस राख्ने 'थामो'का रूपमा मात्र प्रयोग भइरहेको स्थानीय डम्मरी जोशीले गुनासो गरिन्।

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

माथिल्लो मुस्ताङमा स्थानीय याकचौँरी र भेडाच्यांग्रापालन व्यवसायमा संलग्न छन्। याकचौँरी र भेडाच्यांग्राको गोबरलाई लगातार घाममा सुकाएर गुइँठा तयार गर्ने गर्छन्।

चिसो बढेपछि गौरका विद्यालयमा बिदा

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन केही दिनयता प्रभावित बनेको छ।

जापानिज इन्सेफ्लाइटिस‍्बाट यस वर्ष ३५ जनाको मृत्यु, २८ जिल्ला उच्च जोखिममा

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यस वर्ष ३ वर्षदेखि ८९ वर्ष उमेर समूहका मानिसमा संक्रमण देखिएको छ। मृत्यु हुनेमा अधिकांश ४० वर्षमाथिका छन्।

बुटवल–गोरुसिंगे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित

आयोजनाका लागि करिब ३० लाख घनमिटर नदीजन्य सामग्री आवश्यक रहेकामा हालसम्म करिब पाँच लाख ८० हजार घनमिटर मात्रै प्राप्त भएको आयोजना कार्यालयले जनाएको छ।

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

सर्वेक्षणमा भूउपग्रह मापन, जलविज्ञान परीक्षण, वातावरणीय जोखिम मूल्यांकन तथा अध्ययन गर्ने तयारी गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए।

मितेरी पुल पुनर्निर्माणसँगै शुरू भयो रसुवा–केरुङ सीमा पास नवीकरण

नेपाल र चीन जोड्ने ल्हेन्देखोलामा मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएसँगै अध्यागमन कार्यालय रसुवाले सीमा पास नवीकरण प्रक्रिया थालेको छ।

खुल्यो ‘फेक रेस्क्यु’को फाइल, सीआईबीले थाल्यो अनुसन्धान

नेपाल आएका विदेशी पर्यटकलाई पर्वतारोहण र पदयात्राका क्रममा आउने स्वास्थ्य समस्या देखाएर फेक रेस्क्यु गर्ने र अस्पतालमा राखेर महँगो शुल्क असुल्ने धन्दाबारे सीआईबीले अनुसन्धान अघि बढाएको छ।

ताप्लेजुङका हिमाली बस्ती सुनसान, जाडो छल्न औलतर्फ झर्दै स्थानीय

अत्यधिक चिसो र हिउँ पर्न थालेपछि ताप्लेजुङका उच्च भेगका बासिन्दा आफ्ना पशुचौपायासहित तल्लो क्षेत्र (औल) तर्फ झर्न थालेका हुन्।