AnonymousUser

Logout

स्वास्थ्यकर्मी अभावले दार्चुला कारागारमा कैदीबन्दीको उपचारमा समस्या

जिल्ला अस्पताल कारागारबाट करिब ५०० मिटरको दूरीमा रहे पनि सवारीसाधनको अभावमा सुरक्षाकर्मीको साथ लगाउँदै कैदीबन्दीलाई पैदलै लैजानुपर्ने बाध्यता छ। अर्कोतर्फ, अहेवको दरबन्दी भए तापनि गत साउनदेखि कारागारमा कोही पनि स्वास्थ्यकर्मी खटिएका छैनन्।

बाक्लो हुस्सुले रौतहटको जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन सकस

बाक्लो कुहिरोका कारण दुर्घटनाको जोखिम उच्च भएपछि ट्राफिक प्रहरीले चालकहरूलाई विशेष सावधानी अपनाउन र सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

बसको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु

राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इंग्लिस बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।

हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन्। साँझपख पनि चिसो बढ्न थालेपछि बजार सुनसान हुन थालेका छन्।

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

अत्यधिक चिसो बढेसँगै यहाँका तीन पालिकामा सञ्चालनमा रहेका सरकारी सामुदायिक, संस्थागत र गुम्बा विद्यालयमा जाडो छल्न दुई महिनाका लागि हिउँदे बिदा गरेका शिक्षा विकास तथा समन्वय एकाइका कार्यालय प्रमुख रामेश्वर लामिछाने जानकारी दिए।

राहदानी छपाइ र वितरण साबिककै तालिकाअनुसार हुने

राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साबिकअनुसार अर्थात् जेनजी आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ।

वीरेन्द्रनगरमा कोठाभित्र निसास्सिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा जाडोबाट बच्न कोठाभित्र कोइला बालेर सुत्ने क्रममा निसास्सिएर एक जना मृत्यु भएको छ भने जना बेहोस अवस्थामा फेला परेका छन्।

नियमित महाधिवेशन स्थगितको घोषणा गर्दै कांग्रेस महामन्त्रीद्वयले अघि सारे ‘विशेष महाधिवेशन’को विकल्प

नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था सिर्जना भएपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ।

पूर्वगृहमन्त्री लेखकको भ्रमणमा लगाइएको प्रतिबन्ध फुकुवा

गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण र अनुमतिबिना काठमाडौँ उपत्यका बाहिर जान लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

समानुपातिक बन्दसूची: के दलहरूले आयोगमा बुझाएका नाम हेरफेर गर्न सक्छन्?

प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची विवादमा परेपछि नेताहरूले सच्याउँछौँ भनिरहेका छन्। तर उम्मेदवारले नाम फिर्ता लिएमा वा कसैको मृत्यु भएमा बाहेक नाम हेरफेर सहज छैन।

तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्राचार गर्ने जाँचबुझ आयोगको तयारी

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्ने तयारी गरेको छ।

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी अझै सम्पर्कविहीन

कारागार प्रशासनका अनुसार ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार छन्।

धवलागिरि अस्पताल: ३ पटक म्याद थप्दा पनि बनेन भवन

अस्पताल भवनको २०७८ वैशाखमा ४ करोड ७९ लाख रुपैयाँमा ठेक्का लागेको थियो। २०७९ असारमा सम्पन्न गर्ने भनिए पनि ठेकेदारले काम नै गरेका छैनन्।

६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

केरुङ नाका खुलेपछि चिनियाँ सामान आयातका लागि नेपाली कन्टेनर मितेरी पुलबाट केरुङतर्फ प्रस्थान गरेका छन्।

बीपी राजमार्ग: खोलाबाटै यात्रा [तस्वीरहरू]

बाढीले डेढ वर्षअघि बगाएको सडक पुनर्निर्माण हुन सकेको छैन। कतिपय स्थानमा खोलाबाटै यात्रा गर्नुपर्ने अवस्था छ।

जाजरकोटमा गोली लागेर १ जनाको मृत्यु, भरुवा बन्दुकसहित ५ पक्राउ

अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेको थियो।

इस्वी संवत्‌को नयाँ वर्ष २०२६ शुरू

पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ।

दुई नक्कली प्रहरी पक्राउ

उनीहरूले आफूलाई नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी भन्दै औषधि पसलको खानतलासी गरी रकम असुली गर्दै आएका थिए।

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

राष्ट्रपतिको भिटो प्रयोग बिरलै गरिन्छ। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले १० विधेयकमा भिटो गरेका थिए।

ट्यांकर हटाएपछि सञ्चालनमा आयो महेन्द्र राजमार्ग

बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर निकालेर ट्यांकर हटाइएको हो। सडकबाट बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएको थियो।