सरकारले भारतीय रुपैयाँ २०० र ५०० दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म ओसारपसार गर्न पाउने व्यवस्था गरेको छ।
एमाले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
विगतमा भिन्नभिन्न समूहमा रहेको एनआरएनए एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले १२औँ एकता महाधिवेशन फागुन ११ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो।
हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करी रोक्न संयुक्त गस्ती गरिएको हो।
अख्तियारले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा. सञ्जय शर्मावसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको छ।
डा. राजेश्वर सिंहले आफू सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न इच्छुक रहेको बताए पनि कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले उनको नाम दर्ता गर्न नै अस्वीकार गरेको छ।
पार्टीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया मंसिर २८ गतेबाट शुरू हुनेछ। सार्वजनिक गरिएको कार्यतालिका अनुसार मतदान पुस १ गतेका लागि तोकिएको छ।
सम्बद्ध व्यवसायीहरूका अनुसार, जिल्लाको माथिल्लो भेगमा चिसोका कारण हिउँ पग्लने दर कम हुनुका साथै पानी जम्न थालेपछि नदी तथा खोलाको जलस्तर घटेर विद्युत् उत्पादनमा कटौती भएको हो।
विश्व विख्यात कम्पनीको ‘प्रमोसन’देखि अनलाइन जागिरको लोभ देखाएर पैसा हाल्न लगाउने र एपमा फिर्ता हुन ठिक्क पारिएको आम्दानी देखाएर नेपालीको बैंक खाताबाट ‘डिजिटल डकैती’ भइरहेको छ।
अख्तियारले गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर तथा विघटित प्रतिनिधिसभाका सदस्य सन्तोष चालिसेविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कुनै समय कम खपत हुने कोदोको माग अहिले शहरबजारका ठूला होटल तथा रेस्टुरेन्टमा अत्यधिक बढेको छ। यद्यपि, ग्रामीण क्षेत्रका पाखोबारीमा काम गर्ने जनशक्ति पाइन छोडेका कारण कोदोखेतीमा कमी आएको स्थानीयको भनाइ छ।
चैनपुर नगरपालिका–४, मैदानेमा आइतबार बिहान ग्यास चुहिएर घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ।
विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरेको भए पनि नेपालमा भने यसलाई प्राथमिकता नदिइएको टिवानका अध्यक्ष भीष्म न्यौपानेको भनाइ छ।
मुख्य शहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगरले जनाएको छ। उक्त स्थानमा ७० करोड रुपैयाँ खर्चेर पार्क बनाउने योजना छ।
लमहीस्थित एक होटलमा लुकाएर राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्।
पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
सचिवालय बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावका लागि उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्व र माइन्युटटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको छ।
अख्तियारको टोलीले मंसिर २ गते दुवै जनालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो।
पाल्पाको निस्दी–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुईको सनाखत भएको छ। अर्को शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्।