सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म रहने अभ्यास भए तापनि उपसभामुख रानाले सो समयअगावै आइतबार पदबाट राजीनामा दिएकी छन्।
काठमाडौँ– पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छन्।
सभामुख र उपसभामुखको कार्यकाल आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म रहने अभ्यास छ। यद्यपि, उपसभामुख रानाले त्यो समयअगावै आइतबार पदबाट राजीनामा दिएकी हुन्।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेश गर्न आइतबार र सोमबारका लागि समय निर्धारण गरेको छ।
संघीय संसद् सचिवालयका अनुसार, विगतको अभ्यासका आधारमा सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहन्छ।
यसैबीच, सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुने अघिल्लो दिन अर्थात् आगामी माघ ५ गते बिदाइ हुने तयारी गरेका छन्।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार गत निर्वाचनका समयमा सभामुख रहेका अग्निप्रसाद सापकोटाले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन बिदाइ लिएका थिए। वर्तमान सभामुखले पनि सोही अभ्यासलाई अनुसरण गर्ने प्रवक्ता गिरीले बताए।
नेपालको संविधानको धारा ९१ को उपदफा ६ (क) मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखसम्बन्धी विशेष व्यवस्था छ। उक्त प्रावधानअनुसार, प्रतिनिधिसभा विघटन भएको अवस्थामा पदमा बहाल रहेका सभामुख र उपसभामुख अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
