उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आफ्नो समावेशीकरण तथा दिगो रोजगारीको सुनिश्चितता गर्नसमेत माग गरेका छन्।
पछिल्लो समय सुक्खायाम र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
नवनियुक्त मन्त्रीहरू श्रद्धा श्रेष्ठ, कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी र माधव चौलागाईंले पद तथा गोपनीयताको शपथ लिएका छन्।
गाउँसम्मै कंक्रिटका भवन बन्दै छन्। परम्परागत घुमाउने, ढुंगेघर विस्थापित हुने अवस्थामा पुगेका छन्। सडकले पाटीपौवा, धर्मशाला, चौतारालगायतका सम्पदा पुरिएका छन्। मौलिक सम्पदा संरक्षणमा भने कसैको ध्यान पुग्न सकेको छैन।
निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप दुर्घटना भएको हो।
विभिन्न नाममा सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहल भइरहे पनि काठमाडौँ उपत्यकाका नदीमा फोहोर उस्तै छ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ। यहाँबाट धवलागिरि चक्रीय र गुर्जा हिमाल पदयात्रामा जान सकिन्छ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा १० जना पक्राउ परेका छन्।
यूएन पार्क नजिक पाँच सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
समितिको प्रतिवेदनअनुसार जेनजी आन्दोलनमा दुई हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन्। १३ देखि २८ वर्षका एक हजार ४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ।
भिजिट भिसा प्रकरणमा तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको अख्तियारले पूर्वगृहमन्त्री रमेश लेखकलगायतका व्यक्तिहरूमाथि भ्रष्टाचार कसुरमा छुट्टै अनुसन्धान भइरहेको जनाएको छ।
भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध अख्तियारले भ्रष्टाचार तथा अवैध रूपमा आर्जित रकमलाई सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
वर्षभरि हिउँले ढाकिने सगरमाथा, ल्होत्से, नुप्चे, आमादब्लम, थामसेर्कुजस्ता हिमालमा काला चट्टानहरू स्पष्ट देखिन थालेपछि पर्यटक आश्चर्यचकित हुन्छन् भने स्थानीयलाई यी दृश्य अब सामान्य लाग्न थालेका छन्।
प्रहरीले सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।
चार वर्षअघिको हिउँदमा वर्षा भएयता सुक्खापन बढ्दो छ। यो साल पनि हिउँदमा वर्षा कम हुने सम्भावना छ, जसले गर्दा न्यूनतम तापक्रम सरदर आसपास वा त्योभन्दा माथि रहने सम्भावना हुन्छ।
डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना भएको छ।
प्रभु बैंकमा एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन भनिने सुजिन शाक्य पक्राउ परेका छन्।
नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार बर्दियामै पुगेर काम थालेको छ।
चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ।
सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (यूडीएचआर) को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ।