स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा आगो ताप्ने, हिटर वा गिजरजस्ता उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताए।
उनले जाडोमा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर्दा हावा ओहोरदोहोर हुने अवस्था हेर्न र कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न आग्रह गरे। “आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन अनुरोध छ,” प्रवक्ता डा बुढाथोकीले भने।
मन्त्रालयले हिटरको प्रयोग गर्दा समय समयमा बन्द गर्न, सुत्नुअघि अनिवार्य हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि अनुरोध गरेको छ।
शीतलहरसँगै बढेको चिसोले जनजीवन कष्टकर
यसैबीच, केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगैको शीतलहरले कठ्याङ्ग्रिने जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो। लगातारको हुस्सुका कारण केही दिनदेखि कैलाली र कञ्चनपुरमा घाम झुल्किन पाएको छैन।
चिसोका कारण जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्न दाउराको समस्या भएको छ। चिसो बढेपछि धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा धनगढी बजारका कतिपय चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ। शीतलहरले मजदुर, विद्यालय जाने बालबालिका तथा वृद्धवृद्धालाई बढी असर पुगेको छ।
कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहका अनुसार शीतलहरसँगै धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै गएको छ। चिसो बढ्दै जाँदा आज धनगढीको अधिकतम तापक्रम १३.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा पुगेको छ।
“अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडो बढेको हो, अझै केही दिन शीतलहर कायम रहने पूर्वानुमान छ,” उनले भने।
बर्सेनि तराईका जिल्लामा देखिने शीतलहरको समस्याले जनजीवन नराम्रोसँग प्रभावित हुने गरेको छ। पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ। शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरी लगायतको हिउँदे बालीमा डढुवा रोगको समस्या देखिन थालेको किसानले बताएका छन्। डढुवा रोगको संक्रमणबाट बालीलाई जोगाउन किसानले ढुसी नाशक विषादी छर्किन थालेका छन्। यस्तो विषादी प्रत्येक सात/आठ दिनको फरकमा छर्किन सकेमा बाली जोगाउन सकिने धनगढी–१३ का किसान रामदिन राना बताउँछन्।
निरन्तरको चिसोका कारण रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आर्द्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको सुषुप्त अवस्थामा रहने ढुसी सक्रिय हुन गई आलु, गोलभेँडा लगायतको बोटमा डढुवाको संक्रमण देखिने गरेको कृषि प्राविधिकको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
