पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ र पूर्वनिर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।
नगरबसहरू प्रयोगविहीन भएपछि आवश्यक व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए।
अख्तियारले दाङस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ठेक्कामा आर्थिक अनियमितता र मिलेमतो भएको निष्कर्ष निकाल्दै तत्कालीन निमित्त डिभिजन प्रमुखसहित पाँच कर्मचारी र ठेकेदार कम्पनीका प्रबन्ध निर्देशकविरुद्ध आरोपपत्र दायर गरेको छ।
भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति असन्तुष्टि जनाउँदै भैरहवा भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्टका कर्मचारी सोमबारदेखि आन्दोलित छन्।
निर्माणाधीन ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर आयोजनाअन्तर्गतको निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।
कठिन भूगोलमा अवस्थित गाउँमा १३ घरधुरीको बसोबास छ। मुस्ताङ–डोल्पा सडकसँगै रहेको साङ्ता गाउँ अहिलेको स्थान्तरित बस्ती हो।
कानूनी प्रक्रिया पूरा नगरी लामो समयदेखि चल्दै आएको उक्त क्रसर उद्योगले अनधिकृत रूपमा नदी जन्यपदार्थ उत्खनन गरेको पाइएको भन्दै बन्द गरिएको छ।
नेपाल पञ्चांग निर्णायक विकास समिति अध्यक्षसहितका सदस्यको नियुक्ति गत भदौ १३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय निर्णयबाट भए पनि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन।
मन्त्रिपरिषद्ले २०८१ चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ।
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हितेन्द्रदेव शाक्यलाई सरुवा गर्ने सरकारको निर्णयलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ ठहर गर्दै बदर गरिदिएको छ।
समयमै संकलन, मापदण्ड पालन, लिलाम प्रक्रिया पूरा गरेर घाटगद्दीमा राखिएको काठ उठाउन अनुमति नपाउँदा सामुदायिक तथा साझेदारी वन, निजी काठ व्यवसायी, मजदुर, उपभोक्तालगायत सबै मारमा परेका छन्।
आयोगले झूटा विवरणका आधारमा नाम दर्ता भएको पाइएमा उजुरी दिन, एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा भएमा एक स्थानमा मात्र कायम गर्न र मृतक वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन आग्रह गरेको छ।
न्यायाधीश नियुक्तिको विषयलाई लिएर प्रधानन्यायाधीश र अदालतको जनआस्थामा आँच पुर्याउने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उनीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको थियो।
दुई खण्डमा ठेक्का लगाइएको सूर्यविनायक–धुलिखेल सडकको एउटा खण्डको म्याद सकिन दुई दिन बाँकी छ, अर्को खण्डको म्याद एक महिनापछि सकिँदैछ। तर तीन वर्षदेखि सास्ती खेपेका यात्रुले अझै सुबिस्ता नपाउने भएका छन्।
कुश्मिसेरादेखि देवलधारासम्मको १० किलोमिटर सडक हिउँदमा धुलो तथा बर्खामा हिलोका कारण स्थानीय र यात्रुले सास्ती खेप्नुपरेको छ।
काठमाडौँको सिनामंगलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उद्योग वाणिज्य संघ, नेपालगन्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगन्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रूपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ।
करिब ३ वर्षको अनुसन्धानपछि अख्तियारले पोखरा विमानस्थल निर्माणमा आठ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै पूर्वमन्त्री, पूर्वसचिवहरू, प्राधिकरणका उच्च अधिकारी, परामर्शदाता, चिनियाँ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।