चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ।
काठमाडौँ– चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ।
यो जग्गा २०४४ सालमा च्याम्पियन फुटवेयर सञ्चालन गर्ने भन्दै कारखानाबाट चौधरी ग्रुपले हात पारेको थियो।
शुक्रबार भूमि व्यवस्था मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छवि नेपालीले तत्कालीन च्याम्पियन फुटवेयर हुँदै चौधरी ग्रुपको सीजी चाँदबाग रेसिडेन्सी प्रालिका नाममा पुगेको यो जग्गा सरकारका स्रेस्ता कायम गरिएको बताए।
२०७९ कात्तिक ५ गते उकालोले तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा कसरी चौधरी ग्रुपले हडपेर निजी सम्पत्ति बनायो भन्ने विस्तृत विवरण उजागर गरेको थियो।
त्यसपछि पनि यो विषयमा उकालोले निरन्तर फलोअप समाचार प्रकाशन गरिरहेका बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब तीन महिना लामो अनुसन्धानपश्चात् गत माग माघ १८ गते किर्ते तथा ठगी गरेर सरकारी जग्गा हडपेको कसुरमा चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरसहित सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक एवं चौधरी समूहका सदस्य अरुण चौधरी र कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो।
उनीहरूलाई अनुसन्धान नसकिँदै अदालतको आदेशमा सीआईबीले माघ २४ गते हाजिर जमानीमा छाडेको थियो। त्यो बेला सीआईबीले सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको जग्गा सरकारी भएको भन्दै त्यसको स्रेस्ता सरकारको नाममा अद्यावधिक गर्न मालपोत कार्यालय, डिल्लीबजारलाई पत्राचार गरेको थियो।
त्यसपछि जग्गा सरकारको नाममै फिर्ता ल्याउने प्रक्रियाअन्तर्गत गत माघ २४ गते मालपोत कार्यालय, डिल्लीबजारले पहिलोपटक पत्र काटेको थियो। चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष ठाकुरको नाममा पत्र काट्दै मालपोतले उनलाई २१ दिनभित्र आफैँ वा वारेस मुकर्र गरी कार्यालय समयभित्र उपस्थित हुन भनेको थियो। मालपोतले दिएको समय सकिने दिन, फागुन १६ गते ठाकुर आफैँ उपलब्ध कागजातसहित मालपोत कार्यालयमा उपस्थित भएका थिए।
त्यसबेला उनले थप समय माग गरेका थिए। त्यसपछि मालपोत कार्यालयले गत फागुन १६ गते उनलाई थप १५ दिन म्याद दियो। त्यो समयभित्र पनि चौधरी ग्रुपले तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जग्गा आफ्नो कम्पनीको नाममा ल्याइपुर्याउँदा सरकार (मन्त्रिपरिषद्)को अनुमति लिएको कुनै कागजात पेश गर्न सकेन। त्यसपछि मालपोतले मन्त्रालयको राय लिने निर्णय गरेको थियो।
त्यस्तै, यही जग्गाका सम्बन्धमा सरकारी वकिल कार्यालय र सीआईबीको रोहबरमा लिइएको तीन घण्टा लामो बयानमा व्यवसायी एवं सांसद विनोद चौधरीले आफ्नो बचाउ गरेका थिए। बिहीबार सीआईबीका अनुसन्धान अधिकृत र सरकारी वकिलको रोहबरमा लिइएको बयानमा व्यवसायी चौधरीले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा तत्कालीन च्याम्पियन फुटवेयरले लिने प्रक्रियामा आफू नभई आफ्नो बुवा संलग्न भएको भन्दै त्यसबारे आफूलाई कुनै पनि जानकारी नभएको दाबी गरेका थिए।
–––– यो पनि ––––––
- एक्सक्लुसिभ – बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्यो कब्जा
- फलोअप– चौधरी ग्रुपलाई बाँसबारीको सरकारी जग्गा सुम्पने निर्णय नै गैरकानूनी
- अन्तर्वार्ता– बाँसबारीको जग्गा सरकारको हो, फिर्ता लिएर चौधरी समूहलाई कारबाही हुनुपर्छ
- समाचार प्रभाव– चौधरी समूहबाट कब्जा बाँसबारीको सरकारी जग्गाबारे अख्तियारले शुरू गर्यो अनुसन्धान
- समाचार प्रभाव
- बाँसबारी जग्गा प्रकरणः अरुण चौधरी पक्राउ
- बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक थापा पक्राउ
- बाँसबारी जग्गा प्रकरण : आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ
- अरुण चौधरीसहित ३ जनालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- बाँसबारी जग्गा प्रकरण: पक्राउ परेकाहरू अस्पताल भर्ना हुँदै
- अरुण चौधरीको पक्राउप्रति निजी क्षेत्रको आपत्ति, शंकाकै भरमा वैयक्तिक स्वतन्त्रता हनन गरेको जिकिर
- बाँसबारी जग्गा प्रकरणको ‘फाइल खोल्न’ सीआईबीले खर्चेका ३ महिना
- बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकाहरू अस्पताल भर्ना
- फलोअप
- अख्तियारले खोजेपछि बाँसबारीको फाइल ‘गायब’, रोकियो चौधरी ग्रुपले हडपेको जग्गाको अनुसन्धान
- संसद्मा एमालेको माग– बाँसबारी र बालमन्दिर घोटालामा संलग्नलाई कारबाही गर
- बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा
- बाँसबारी जग्गा प्रकरणमा १५ महिनादेखि ‘अनुसन्धानरत’ अख्तियार
- बाँसबारी प्रकरणमा ३५ वर्षअघिको महालेखा प्रतिवेदन– ‘चौधरी ग्रुपलाई जग्गा दिने निर्णय गैरकानूनी, कारबाही गर्नू’
- बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकाे १० घण्टा बयान- ‘कुनै गल्ती भएको भए सरकारबाटै भयो होला’
- बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई अस्पतालमा राखिएको भन्दै ओलीले जनाए आपत्ति
- बाँसबारीको १८ रोपनी जग्गा नै दिन लागिएको थियो चौधरी ग्रुपलाई, मालपोतसम्मै थियो ‘सेटिङ’
- बाँसबारी प्रकरणमा पक्राउ परेकाको अनुसन्धान मंगलबारसम्म सक्न अदालतको आदेश- ‘नत्र हाजिरी जमानीमा छाड्नू’
- अदालतको आदेशपछि बाँसबारी जग्गा प्रकरणको अनुसन्धान के हुन्छ?
- बाँसबारी प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनजना हाजिर जमानीमा छुटे
- बाँसबारीको जग्गा हडप्न सर्वसाधारणलाई दिनुपर्ने फूटवेयरको २४ प्रतिशत शेयर नै ‘कब्जा’
- बाँसबारी जग्गा प्रकरण : जग्गा फिर्ता ल्याउन मालपोतले जारी गर्यो २१ दिने सूचना
- बाँसबारीको सरकारी जग्गा धितो राखेर चौधरीले लिएका थिए २९ करोड ऋण, ताकेतामा नेपाल बैंक
- बाँसबारी जग्गा प्रकरणमा मालपोत र नापीको पनि मिलेमतो, सरकारी जग्गा यसरी गरियो हालसाबिक
- बाँसबारीको जग्गा फिर्ता ल्याउन सरकारले शुरू गरेको प्रक्रिया रोक्न चौधरी समूह सर्वोच्चमा
- बाँसबारी प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान गर्न गृहमन्त्री लामिछानेको निर्देशन
- बाँसबारीको जग्गामा चौधरी ग्रुपले पेश गर्न सकेन हकदाबी–प्रमाण, मालपोतले गुहार्यो मन्त्रालय
- बाँसबारी प्रकरणमा शुरूदेखि संलग्न विनोद चौधरीको बयान– ‘बुवाले गर्नुभएको हो, मलाई थाहा छैन’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
