एमाले अध्यक्ष केपी शर्मा ओलीले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीलाई हिरासतमा नभई अस्पतालमा राखिएको भन्दै आपत्ति जनाएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीलाई अस्पतालमा राखिएको भन्दै आपत्ति जनाएका छन्।
संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका उद्योगी चौधरीलाई हिरासतमा नभई अस्पतालमा राखिएको भन्दै आपत्ति जनाएका हुन्।
सरकारी जग्गा हिनामिना, किर्ते र ठगी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिए पनि स्वास्थ्यको कारण देखाउँदै उनी अस्पताल भर्ना भएका छन्।
त्यस्तै, उनले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाइ रामग्राम परियोजना निजी कम्पनीलाई दिँदा ठूलो भ्रष्टाचार भएको पनि दाबी गरेका छन्। लामाले लुम्बिनीको विकास नभई रामग्राम परियोजना बनाएर भ्रष्टाचार गर्ने योजनामा लागेको उनको आरोप थियो।
“बैंकको लकरमा बुलेट, पेस्तोल खोइ? बिनापेस्तोलको बुलेट मात्र बोकेर हिँड्दैन कसैले। पेस्तोल खोइ? खोजी भएन। त्यस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाइयो। किन बनाइयो भनेर आश्चर्य लागेको थियो,” उनले भने, “पछि थाहा पाइयो लुम्बिनीको विकास होइन, रामग्रामबाट विकास सोझ्याउने यो धन्दा पो रहेछ।”
एमाले नेतृत्वको सरकारले तस्करीमा छानबिन गरेर जेल हालेकालाई वर्तमान सरकारले छुटाइरहेको उनको जिकिर थियो। ओलीले गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित रहेको र सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
