Saturday, May 11, 2024

-->

बाँसबारी जग्गा प्रकरण: पक्राउ परेकाहरू अस्पताल भर्ना हुँदै

चौधरी र थापालाई स्वास्थ्य कारण देखाउँदै हिरासतमा नराखी चिरायु अस्पतालमा भर्ना गरिने भएको छ।

बाँसबारी जग्गा प्रकरण पक्राउ परेकाहरू अस्पताल भर्ना हुँदै

काठमाडाैँ– बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना, ठगी र किर्ते गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई स्वास्थ्य कारण देखाउँदै हिरासतमा नराखी चिरायु अस्पतालमा भर्ना गरिने भएको छ।

६२ वर्षीय चौधरीले उच्च रक्तचापको औषधि खाइरहेको पाइएको छ। चौधरीको मुटुमा पनि समस्या भएको पाइएको छ। साथै उनलाई मधुमेह पनि भएको मेडिकल रिपोर्टबाट देखिएको छ। ८२ वर्षीय थापालाई भने उच्च रक्तचाप भएको पाइएको छ। उनीहरूलाई आजै राति ९ बजे अस्पताल भर्ना गर्ने तयारी गरिएको छ।

यसअघि काठमाडौँ जिल्ला अदालतले बाँसबारी जग्गा अपचलन प्रकरणमा पक्राउ परेका चाैधरी र थापासहित तीन जनालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। पक्राउ पर्नेमा अर्का आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पनि रहेका छन्।

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धानका क्रममा प्रहरीले तीनै जनालाई बिहीबार पक्राउ गरेको थियो। अरुण देशकै ठूलोमध्येको औद्योगिक–व्यापारिक घराना चौधरी ग्रुप (सीजी)का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन्। उनी चौधरी ग्रुपअन्तर्गतको कम्पनी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन्।


सम्बन्धित सामग्री