पुस १३ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
चितवन– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा शुक्रबारदेखि १९औँ संस्करणको ‘हात्ती तथा पर्यटन महोत्सव’ औपचारिक रूपमा शुरू भएको छ। सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा आयोजित विशेष समारोहबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको उद्घाटन गरेका हुन्।
पुस १३ गतेसम्म सञ्चालन हुने महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। हाल करिब ४० प्रतिशतको हाराहारीमा रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सव अवधिमा थप २० देखि २५ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ।
महोत्सवले कोभिडपछिको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा लिइएको छ। महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणको सन्देश विश्वसामु पुर्याउने आयोजकको विश्वास छ। हेर्नुहोस् तस्वीरहरू:










Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
