AnonymousUser

Logout

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक घाइते

दोलखाको बैतेश्वर गाउँपालिका–६ स्थित तामाकोशी नदी नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

नलिनचाेक हेलिप्याड भ्रष्टाचार मुद्दा: प्रदीप अधिकारीलाई थुनामा पठाउने विशेष अदालतको आदेश

नलिनचोक हेलिप्याड निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रदीप अधिकारीलाई थुनामा पठाउन आदेश दिएको छ।

काभ्रेपलान्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने, ८ हजार मेट्रिकटन पुग्ने अनुमान

सुन्तला उत्पादनका लागि जिल्लाको पनौती नगरपालिका, धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकालाई विशेष पकेट क्षेत्रको मानिने गरिन्छ।

सेवाग्राही भन्छन्– पहिले कार्यालय बन्द भएर सेवा पाइएन, अहिले जरिबाना तिर्नुपर्‍यो

बन्दको अवधिमा म्याद नाघेका सवारीको नवीकरण गर्दा अन्य प्रदेशले छुट दिए पनि बागमती प्रदेशले अतिरिक्त राजस्व र जरिबाना असुल गरेको सेवाग्राहीले गुनासो गरेका छन्।

बर्दिया घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

गृह मन्त्रालयले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएकै कारण आत्महत्याको बाटो रोजेको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ।

पोखरा विमानस्थल प्रकरण: पूर्वअर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

नागरिक उड्डन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन, तत्कालीन प्रोजेक्ट म्यानेजर हाल निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित ५५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो।

ईभीको लाइसेन्स लिन ‘म्यानुअल’ गाडीको ट्रायल किन दिनुपर्ने?

सरकारले ईभी किन्न कर छुटलगायत सुविधा दिएर प्रोत्साहनको नीति लिएपछि सडकमा यस्ता गाडीको चाप बढिरहेको छ। तर यस्ता अटोम्याटिक गाडीका लागि छुट्टै लाइसेन्सको व्यवस्था नहुँदा म्यानुअल गाडी सिक्नुपर्ने बाध्यता छ।

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो।

साँगा–धुलिखेल सडक: पुलबजार खण्डमा स्तरोन्नति हुँदै

साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ। यो खण्डमा ६ घर भत्काउन बाँकी छ।

१४ वर्षदेखि अधुरो कमला पुल, स्थानीयले थाले चन्दा संकलन अभियान

अभियन्ता रामरिझन यादवले सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले चन्दा उठाएर पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतीकात्मक आन्दोलन शुरू गरिएको बताए।

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते, अधिकांश विद्यार्थी

घाइतेको स्थानीय अस्पताल तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन्।

धादिङको धुनिबेसीमा एकै ठाउँमा ठोक्किए ७ सवारी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६, चालिसेमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्, जसका कारण सडक अवरुद्ध भएको छ।

रासायनिक मलको असन्तुलित प्रयोगले घट्दै माटोको उर्वराशक्ति

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेले माटोको अवस्था सुधार नगरिए आगामी पुस्ताले प्रांगारिक र जैविक उत्पादनको अनुभव लिन नपाउने जोखिम बढेको बताए।

बसको ठक्करबाट एक जनाको मृत्यु, आफन्तद्वारा राजमार्ग अवरुद्ध

चन्द्रनिगाहपुरको मोथियाही पुल नजिक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तहरूले उचित क्षतिपूर्तिको माग गर्दै शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

फापरखेत पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अलपत्र

मंगला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथी मोटरेबल पुल निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यान्वयनमा अन्योल भएको छ।

गण्डकीको हिमाली भूभागमा हिमपातको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा पनि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

‘अहिलेको परिस्थितिमा निर्वाचनबाहेक अर्को विकल्प छैन’

वर्तमान सरकार जेनजी आन्दोलनबाट आए पनि दलहरूको विरोधी नभएको र राजनीतिक दललाई स्थापित गर्न नै निर्वाचन आवश्यक रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाइ छ।

कारागारमा चिनजानपछि पूर्वप्रहरीको घरमै गएर बीभत्स हत्या, १ जना पक्राउ

पूर्वप्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा कैद भुक्तानका क्रममा चिनजान भएका बुद्धिराम दराई पक्राउ परेका छन्।

हेटौँडाको मुख्य सडक विस्तार रोक्न अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।