रिप गाउँ र छिमेकी उनापानीका स्थानीय तथा प्रहरीको पहलमा आगो नियन्त्रणमा लिइएको छ। क्षतिको विवरण आउन बाँकी छ।
अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते भएका छन्। आगलागीबाट तीन घर जलेको स्थानीय विजय फडेराले जानकारी दिए।
बिहीबार राति लैबा फडेरोको घरबाट अचानक शुरू भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन्।
आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेराको घर जलेको प्रहरीले जनाएको छ। रमेश महतारा र मोहन महताराको सामान जलेर नष्ट भएका छन्।
रिप गाउँ र छिमेकी उनापानीका स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको छ। क्षतिको विवरण आउन बाँकी छ।
“प्रहरीको टोली आगो नियन्त्रणमै लागेकाले क्षतिको विवरण यकिन गर्न सकिएको छैन,” जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले भने, “आगोमा परेर दुवै जनाको शरीर जलेको छ। उनीहरूलाई उपचारका लागि राति नै जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ।”
घाइतेको इर्मेजेन्सीमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रमुख डा. उमाकान्त तिवारीले बताए। उनका अनुसार, लैबाको शरीर सबैभन्दा बढी जलेको छ।
“लैबुको ५४ प्रतिशत शरीर आगोले खाएका कारण जिल्लामा उपचार जटिल छ”, उनले भने, “श्रीमती बम्बुको १८ प्रतिशत शरीरलाई आगोले खाएका कारण जिल्लामै उपचार सम्भव छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
