AnonymousUser

Logout

जेनजी आन्दोलनका क्रममा लुटिएको पेस्तोल र गोलीसहित एक पक्राउ

जेनजी आन्दोलनका बेला प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित झापामा एक जना पक्राउ परेका छन्।

एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

अब काठमाडौँ उपत्यका वरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

रौतहटमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक जितेन्द्र साह र मोटरसाइकल पछाडि पर्ने यमुनामाई गाउँपालिका–४ सरुअठा बस्ने २२ वर्षीय पुनमदेवी साह छन्।

कर्णाली प्रदेशले स्थानीय तहसँग माग्यो आगामी वर्ष कार्यान्वयन गरिने योजना

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७९ वटै स्थानीय तहलाई लक्षित गर्दै समपूरक र विशेष अनुदानका योजना प्रस्ताव चैत १ गतेभित्र पेश गर्न आह्वान गरेको छ।

शिवरात्रिमा पशुपति क्षेत्रमा ६ हजार सुरक्षाकर्मी खटिने

महाशिवरात्रिमा पशुपति दर्शनलाई सहज बनाउन ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने भक्तजनको आवतजावत सहज बनाउन विशेष ट्राफिक र पार्किङ योजना लागू गरिएको छ।

पाल्पा र मकवानपुरमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

पाल्पा र मकवानपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी शनिबार दुई मोटरसाइकल चालक, एक वृद्धसहित चार जनाको मृत्यु भएको छ।

१४२ निर्वाचन क्षेत्रको मतपत्र छापियो, ११ जिल्लाको बाँकी

काठमाडौँ उपत्यका वरपरका जिल्लाहरूको मात्र मतपत्र छाप्न बाँकी रहेको र उक्त कार्य आगामी दुई दिनभित्रै सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ।

विद्युत् आयोजनाले मापदण्डअनुसार पानी नछाड्दा सुक्यो मोदीखोला

नेपालको जलविद्युत् तथा जलस्रोत नीतिअनुसार आयोजनाले नदीमा कम्तीमा २५ प्रतिशत प्राकृतिक बहाव निरन्तर छाड्नुपर्ने कानूनी प्रावधान छ। तर यसको व्यावहारिक कार्यान्वयन नहुँदा मोदीखोला संकटमा परेको हो।

फेवातालमा खसेको कार बाहिर निकालियो

दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली उद्धार कार्यमा खटिएको थियो।

फेवातालमा कार खस्दा चालकको मृत्यु

गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई ताल बाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकामा अस्पतालले मृत घोषणा गरेको हो।

‘डोल्मा इम्प्याक्ट फन्ड’लाई पुँजीगत लाभकरमा छुट नदिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले वैदेशिक लगानीकर्ता ‘डोल्मा इम्प्याक्ट फन्ड’लाई पुँजीगत लाभकरमा छुट दिने आन्तरिक राजस्व विभागको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमणको आरोपमा ६ जना पक्राउ

वीरगञ्जको आदर्शनगरस्थित गोदाममा छापा मार्न पुगेका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका ६ जनामाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रोसम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ।

नागढुंगाबाट पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

प्रहरीले नागढुंगामा कार जाँचका क्रममा एक थान पेस्तोल र चार राउन्ड गोलीसहित कीर्तिपुरका केयुर पुरी पक्राउ परेका छन्।

प्रतिनिधिसभा निर्वाचन: छापियो १३३ निर्वाचन क्षेत्रको मतपत्र

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न गरी निर्वाचन आयोगले शुक्रबारदेखि कर्णाली प्रदेशका १० जिल्लामा ढुवानी थालेको छ।

फागुन १५ गतेदेखि सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी सञ्चालनमा रोक

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा फागुन १५ देखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

सुरक्षा जोखिम बढेको भन्दै अरनिको यातायातले रोक्यो मन्थली रुटमा बस सेवा

मन्थलीमा बस दुर्घटनापछि सुरक्षा जोखिम बढेको भन्दै नेपाल अरनिको यातायातले काठमाडौँ–मन्थली रुटमा चल्ने आफ्ना सबै बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ।

चौधरी ग्रुपको खेलाँचीले रोगी बन्नथालेको गाउँ

बर्दियाको बाँसगढीमा चौधरी ग्रुपले सञ्चालन गरेको चाउचाउ फ्याक्ट्रीमा प्रदूषण रोक्ने उपकरण राख्न गरिएको बेवास्ताले बालकदेखि वृद्धवृद्धासम्ममा स्वास्थ्य जटिलता बढेका छन्, बालीनाली सखाप हुँदै छ।

कार्यसम्पादन मूल्यांकनमा कर्णाली: ११ मध्ये ५ सूचकमा शून्य अंक

अघिल्लो वर्ष ४१.६ अंक ल्याएको कर्णाली प्रदेश सरकारको कार्यसम्पादन यस वर्ष खस्किएर ३२.२६ अंकमा सीमित भई मधेश प्रदेशपछि दोस्रो कमजोर प्रदेशका रूपमा देखिएको छ।

करदाता सेवा कार्यालय सार्न खोजेपछि गौरमा तनाव

गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्न खोजिएपछि स्थानीय व्यापारीको अवरोधका कारण गौरमा तनाव उत्पन्न भएको छ। विरोधमा आक्रोशित व्यापारीले बजारसमेत बन्द गराएका छन्।

दार्चुलामा वृद्धाको हत्या गरी गरगहना लुटपाट, २ जना पक्राउ

दार्चुलाको शैल्यशिखरमा ७१ वर्षीया वृद्धाको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।