निर्वाचन आचारसंहिता उल्लंघनका एक हजार ७६ उजुरीमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।
काठमाडौँ– निर्वाचन आचारसंहिता, २०८२ उल्लंघन भएको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।
त्यसमध्ये एक हजार ६१ वटा (९९ प्रतिशत) फर्छ्यौट भएको आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ वटा उजुरी परेका छन्। सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन्। प्राप्त उजुरीमध्ये ९७ वटा (९ प्रतिशत) लिखित र ९७९ वटा (९१ प्रतिशत) टेलिफोन तथा एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए।
प्राप्त उजुरीमध्ये धेरैजसो तोकिएको आकारभन्दा ठूला तुल, ब्यानर र झन्डा प्रयोग गरेको, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको, शिक्षक, कर्मचारी र स्थानीय जनप्रतिनिधिहरू प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झन्डा टाँगेको तथा अनुमति नलिएका सवारीसाधन प्रयोग गरेको लगायतका विषयमा रहेको उनले बताए।
निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही गर्ने प्रक्रिया जारी राखेको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत, सुरक्षा निकाय तथा सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयहरू क्रियाशील छन्।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा इमेल, व्यक्तिगत दर्ता तथा सञ्चारमाध्यमबाट जानकारी लिइएका समेत २५४ उजुरीमध्ये ८८ वटामा स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ।
आयोगबाट सोधिएका स्पष्टीकरणमध्ये राजनीतिक दलहरूलाई सोधिएका स्पष्टीकरणको सङ्ख्या चार र उम्मेदवारलाई सोधिएको संख्या ३३ रहेको छ। त्यसबाहेक सरकारी, शैक्षिक संस्था, कर्मचारी तथा अन्य व्यक्तिलाई ५१ वटा स्पष्टीकरण सोधिएको छ।
प्रदेशगत रूपमा स्पष्टीकरण सोधिएका उजुरीहरू कोशीमा आठ, मधेसमा १३, बागमतीमा ४०, गण्डकीमा छ, लुम्बिनीमा सात, कर्णालीमा चार र सुदूरपश्चिममा चारवटा रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
